English

यसरी बढ्दै छ हृदयाघातको जोखिम



मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । १० वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ ।

निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो– बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको शहीद गङ्गालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताउँछन् । घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयाघातका बिरामी बढिरहेको उनले बताए ।

केन्द्रमा सन् २०१२ मा ४ सय ९५ जनामा हृदयाघात भएकामा ६ वर्षपछि २०१८ मा तीन गुणा बढेर एक हजार ४ सय ६० जना पीडित भएका थिए । उनका अनुसार २०२० मा एक हजार ६ सय ९८ र सन् २०२१ मा दुई हजार २ सय ७३ जना सो रोगका कारण अस्पतालमा भर्ना भएका छन् ।

विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयाघात भएका बिरामी मात्र नै छन् ।

डा. अधिकारीले २०२१ मा अस्पताल भर्ना भएका बिरामीमध्ये प्रायः हृदयाघात भएका हुन् । हृदयाघातका बिरामी बढे पनि सन् २०२० मा कोरोना भाइरसका कारणले अस्पतालमा मुटु रोगका कम बिरामी आएका थिए । ‘विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयाघात भएका बिरामी मात्र नै छन्’, उनले भने, ‘नेपालमा हृदयाघातका बिरामी दिनप्रतिदिन बढिरहेको गङ्गालालमा आएका बिरामीबाट नै थाहा हुन्छ ।’

उनका अनुसार अस्पतालमा दैनिक चार जना हृदयाघात आउने गरेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान् कोइराला पनि अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयाघात हुने गरेको बताउँछन् ।

धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयाघातले आक्रमण गर्छ ।

‘धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयाघातले आक्रमण गर्छ । यस्तै, कोलेस्टेरोल (मुटुमा हुने बोसो), शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ’, उनले भने, ‘स्वस्थ्य जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयाघातबाट बच्न सकिन्छ ।’

उनका अनुसार मुटु जन्मजात बिग्रेर आउने, बिग्रेर आउनेबाट बचेको, घाँटीको दुख्ने रोगबाट शुरू भई पछि मुटुको भल्भ बिग्रने रोग (बाथज्वरजन्य रोग) जस्ता कारणले मुटुका बिरामी हुने गरेका छन् ।

धूम्रपान

धूम्रपान गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचाप भएका मानिसमा हृदयाघात बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको निर्देशक डा. अधिकारी बताउँछन् । अहिले युवावस्थामा नै चुरोट सेवन गरेको पाइन्छ । उनका अनुसार हृदयाघात भएकामध्ये ६५ प्रतिशत धूम्रपान गर्नेहरू हुन्छन् । तीमध्ये ४० वर्ष उमेर समूहका व्यक्ति धेरै छन् ।

डा. कोइराला पनि हृदयाघात ६० वर्षमाथिकामा हुने गरे तापनि चुरोट खाने व्यक्तिमा भने ४० वर्षभन्दा कम उमेरको व्यक्तिले धूम्रपान गर्छ भने उसलाई हृदयाघात हुने सम्भावना नखानेको तुलनामा आठ गुणाले बढी हुने डा. अधिकारीको भनाइ छ ।

हृदयाघात भएको १२ घण्टामा जीवन सम्भव

केन्द्रका निर्देशक डा अधिकारी हृदयाघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउने सके बचाउन सकिने बताउँछन् । केन्द्रले हृदयाघात भएका बिरामीलाई २४ घण्टा नै एन्जिओप्लाष्टी गरेर बचाउने गर्छ । केन्द्रले हृदयाघात भएर आएको एक घण्टाभित्र बिरामीको एन्जिओप्लाक्ष्टी गर्ने उनले बताए ।

हृदयाघात भएको मानिसका मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ । मुटुको मासु मरिसकुन्जेल छाती दुख्ने गर्छ । मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पुर्याउन सके बचाउन सकिन्छ ।

एउटा एन्जिओप्लास्टी गर्नका लागि रु एक लाख ५० हजार खर्च लाग्छ । त्यति रकम तिर्न नसक्ने गरिब– असहायका लागि केन्द्रले दुई वर्षदेखि भने निःशुल्क एन्जिओप्लास्टी गर्ने गरेको छ । तीन प्रकारका हृदयाघातमध्ये पनि नेपालमा सबैभन्दा धेरै स्टेमी हृदयाघात हुन्छ जुन भएका मानिसलाई समयमा नै अस्पताल पुर्याउन सके बचाउन सकिन्छ ।

‘हृदयाघात भएको मानिसका मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ । मुटुको मासु मरिसकुन्जेल छाती दुख्ने गर्छ । मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पुर्याउन सके बचाउन सकिन्छ’, उनले भने, ‘बिरामी आएको १२ घण्टामा मुटुको प्राइमरी एन्जिओप्लास्टी ( मुटुको नशा खोल्ने प्रविधि) शल्यक्रिया गरी नसा खोलेर बचाउन सकिन्छ ।’

नेस्टेमी हृदयाघात भएका बिरामीलाई भने केही समयपछि मात्र उपचार गरिन्छ । त्यस्ता बिरामीलाई भर्ना गरे केही दिनपछि शल्यक्रिया गरेर बचाउन सकिन्छ । केन्द्रले प्राइमरी एन्जिओप्लास्टी गरेका बिरामीलाई चार–पाँच दिनमै अस्पतालबाट घर पठाउँछ ।

केन्द्रमा २४ घण्टा नै हृदयाघात भएका बिरामीको प्राइमरी एन्जिओप्लास्टी गर्नका लागि १५ जनशक्तिसहित चार अप्रेसन थिएटर (क्याथल्याब) तयारी अवस्थामा राखिएको हुन्छ । केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लास्टी गरेर हृदयाघात भएका बिरामीलाई बचाउने गरेको उनी बताउँछन् । केन्द्रमा सन् २००६ देखि एन्जिप्लास्टी हुँदै आएको छ ।

पहिलो पटक हृदयाघात हुँदा १०० मध्ये २३ जनाको मृत्यु अस्पताल नपुग्दै हुने गर्छ । हृदयाघात भएर अस्पताल आएका बिरामीमध्ये सात प्रतिशतको अस्पतालमै मृत्यु हुने गरेको छ । नेपालमा केन्द्रबाहेक मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, नर्भिक इन्टरनेशनल अस्पताल तथा विराटनगर– धरान–बुटवल– नेपालगन्ज भरतपुरका अस्पतालमा पनि समेत एन्जिओप्लास्टी हुने गर्छ ।

कसरी हुन्छ हृदयाघात ?

मुटुलाई काम गर्नका लागि अक्सिजन आवश्यक पर्छ जुन रगतले दिने गर्छ । मुटुमा रगत आपूर्ति गर्ने नसा हुन्छ जसबाट रगत मुटुमा आउने गर्छ । रगत आपूर्ति बन्द भयो भने हृदयाघात हुन्छ । उमेर बढ्दै जाँदा मुटुको रक्तसञ्चार गर्ने नली साँघुरिँदै जाने र पछि बन्द भई मुटु बन्द हुने गर्छ ।

अहिले नली साँघुरिँदै जाने र मुटु बन्द भएर हुने हृदयाघात धेरै हुने गरेको छ । रगतको आपूर्ति सबै बन्द भएपछि मानिसको छाती दुख्न थाल्छ । धेरैजसो मानिस छाती दुखे पनि घरमै बस्छन् । अनि ढिला आउँछन् । रगतको आपूर्ति बन्द हुनाका साथै निरन्तर छाती दुखेपछि मुटुको मासु मर्ने गर्छ । मासु मरेपछि मुटुले काम गर्न छाड्छ र मानिसको ज्यान जान्छ ।

धेरै खर्चिलो हुनाका साथै प्राविधिक रुपमा मुटुको प्रत्यारोपण नेपालमा गाह्रो छ । दुई मिर्गौैलामध्ये एउटा कसैलाई दियो भने मानिस स्वस्थ्य भएर बाँच्न सक्छ ।

मुटु प्रत्यारोपण नेपालमा

विश्वमा मुटुरोग अस्पतालले दिने सेवामध्ये एक दुई वटा मात्र सेवा केन्द्रले दिन सकेको छैन । भारतलगायत देशमा मुटु प्रत्यारोपण हुने गरेकामा नेपालमा सम्भव भए पनि प्राविधिक रुपमा गाह्रो र खर्चिलो भएको उनको भनाइ छ । भारतमा सय बिरामीको मुटु प्रत्यारोपण हुने गरेको अध्ययनले देखाएको छ ।

‘धेरै खर्चिलो हुनाका साथै प्राविधिक रुपमा मुटुको प्रत्यारोपण नेपालमा गाह्रो छ । दुई मिर्गौैलामध्ये एउटा कसैलाई दियो भने मानिस स्वस्थ्य भएर बाँच्न सक्छ’, उनले भने, ‘तर मुटु अर्कालाई दिने भनेको ब्रेनडेथ (मस्तिष्क मृत्यु) भएको मानिसले मात्र दिने हो ।

त्यसका लागि एउटा मानिस मर्नु पर्यो । मरेको मानिसबाट मुटु निकाल्न पर्यो, अर्को मानिस अप्रेशन गर्न तयार हुनुपर्यो । एउटा समयभित्र मुटु प्रत्यारोपण गर्ने हो । मुटु दिने मानिसको मुटु लिने मानिसमा मिल्नुपर्यो । त्यसैले, मुटु प्रत्यारोपण प्राविधिक रूपमा गाह्रो छ ।

उनी आफूले अध्ययनकै क्रममा नेपालमा मुटु प्रत्यारोपण एक–दुई केश मात्र गर्न सक्ने बताउँछन् । मुटु प्रत्यारोपण गर्ने मानिस आर्थिक रूपमा पनि सक्षम हुनुपर्छ । एक व्यक्ति दुर्घटना भएर मर्नेबित्तिकै मुटु प्रत्यारोपण गरिने बिरामीको रगत परीक्षण गरेर मिल्ने नमिल्ने हेर्नुपर्छ ।

यस्तै, केन्द्रले सन् २०१४ देखि मुटुमा प्वाल परेका बिरामीको छाती नचिरिकन यन्त्र (डिभाइस) मार्फत उपचार गर्ने गरेको छ । प्रत्येक वर्ष सयभन्दा बढी मुटुमा प्वाल परेका बिरामीको उपचार गर्ने गरेको र यस वर्ष मात्र २ सय २२ वटा भएको छ ।

केन्द्रले १५ वर्षमुनिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क मुटुको उपचार गर्ने गरेको छ । विपन्न वर्गलाई रु एक लाखसम्म निःशुल्क छ । केन्द्रले २०० शय्याको बालमुटुरोग भवन बनाउन थालेको छ । २० शय्याको सघन उपचार कक्ष (सीसीयू) पनि निर्माण गर्न थालेको छ । अहिले सीसीयू १२ शय्याको छ ।

यो पनि…
यी समस्याहरूमा ल्वाङ्गले दिन्छ आराम

कान चिलाउँछ ? हुनसक्छ यस्तो गम्भीर असर



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।