English

युरोपेली परिषद् त्याग्ने मस्कोको घोषणा



रुस सरकारले युरोपेली परिषद् (सीओई) त्याग्ने घोषणा गरेको छ । युक्रेन अतिक्रमणलाई लिएर मस्कोलाई परिषदबाट निस्कासन गर्नुपर्ने आवाज उठिरहेका बेला रुस आफैँले परिषद् त्याग्ने घोषणा गरेको हो ।

स्ट्रासबर्गमा रहेको परिषद् त्याग्नुअघि रुसी विदेश मन्त्रालयले त्यसबारे महासचिव मारिजा पेजसिनोभिक बुरिकलाई जानकारी गराएको थियो ।

निर्णयसँगै रुसले परिषदसँगको २५ वर्षदेखिको सम्बन्ध तोडेको छ । युरोप परिषद् छाडेपछि रुसले मानव अधिकारसम्बन्धी युरोपेली सन्धि (ईसीएचआर) मा हस्ताक्षर गर्ने छैन भने रुसी नागरिकहरूको मानव अधिकारसम्बन्धी युरोपेली अदालत (ईसीएचआर) मा पहुँच हुनेछैन ।

युरोपेली परिषद्को इतिहासमा सदस्यता त्याग्ने रुस दोस्रो देश हो । यसअघि, सन् १९६० मा ग्रिसले अस्थायी रूपमा परिषदको सदस्यता त्यागेको थियो ।

यो पनि…
रूसले मद्दत मागेको छैन : चीन
रूसबारे नेटो के भन्छ ?



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका