विश्वमा सबैभन्दा पहिला कसले उडायो विमान ?
कहिले काँही यस्ता कुराहरु धेरै चर्चामा रहन्छन् । केही महिना पहिला मात्र श्रीलंकाको सरकारले भनेको कुरा चर्चामा रहेको थियो । कुरा थियो, लंकाधिपति रावण ।

श्रीलंकामा यसको बारेमा एउटा बहस नै चलेको थियो । श्रीलंकाको सरकारले पाँच हजार वर्ष पहिले पहिलो पटक रावणले विमान उडाएको दाबी गर्यो ।

यस बारेमा श्रीलंकाली सरकारले एक विज्ञापन सार्वजनिक गर्दै मानिसलाई रावणसँग् जोडिएका कुराहरु शेयर गर्न भनेको थियो ।

यसलाई पर्यटन तथा उड्डयन मन्त्रालयले विभिन्न पत्रिकामा छपाएको थियो । यसमा सिंहली भाषाको प्रयोग गरिएको थियो । उसले विज्ञापनमा हामी रावणको विषयमा गम्भीर शोध गर्न चाहन्छौँ, किनभने संसारमा सबैभन्दा पहिलो पटक विमान रावणले नै उडाएको थियो भन्ने दाबी गर्नका लागि ।

जानकारी होस् कि, २०१६ मा कोलम्बोमा भएको सिभिल एभिएशनको कन्फ्रेन्सलाई सम्बोधन गर्दै पूर्व उड्डयनमन्त्री निर्मला सिरिपालाले मोर्डन एभिएशनको इतिहास राइट ब्रदर्शबाट शुरु भएको भए पनि श्रीलंकाका रावण एक बहादुर राजा भएको र उनले दान्दु मोनारा नामको विमान उडाएको बताएकी थिइन् ।

श्रीलंकाका सिभिल एभिएशन अथोरिटीका पूर्व उपाध्यक्ष शशि दानतुन्जले विश्वमा पहिलो पटक विमान रावणले नै उडाएको बताएका थिए । उनले यसबारेमा धेरै तथ्य आफूसँग रहेको समेत बताएका थिए ।
