घरलाई कसरी चिटिक्क बनाउने
घर सजाउने रहर त कसलाई पो हुँदैन र ? घरलाई सफा, चिटिक्क, मिलेका फर्निचर, आकर्षक सजावट बनाउनु सबैको रहर हुन्छ । तर यो रहरलाई पूरा गर्न खर्च पनि हुन्छ । घर सजाउनका लागि समय र पैसा दुवै चाहिन्छ । त्यसैले आज हामी केही यस्ता सुलभ टिप्सहरू लिएर आएका छौँ जुन घर सजाउनको लागि तपाईं उपयुक्त हुन सक्छ ।
सुत्ने कोठा
सुत्ने कोठामा धेरै थरी सामानले सजाउनु राम्रो नलाग्दा हुन्छ । बनिबनाउ सामानहरू बाहिरै राखी प्रविधिगत कुराहरू मात्र कोठामा राख्दा राम्रो हुन्छ । यसले कोठालाई आकर्षक बनाउँछ ।
इन्डोर प्लान्स
घरलाई विभिन्न किसिमका प्लान्सले सजाउन सकिन्छ, जसले घरलाई आकर्षक त देखाउँछ नै यसको साथ–साथमा स्वस्थको लागि पनि फाइदाजनक हुन्छ ।
रंग
घरको सबै भित्तामा विभिन्न किसिमका रंगहरूको प्रयोग गर्न सक्नुहुन्छ । तर, डिजाइन बनाउने भन्दै घरको सबै भित्तामा अनेक बुट्टाहरू राख्नु हुँदैन । यसले कोठा झन् फोहोर देखिन्छ । त्यसैले भित्ताहरूमा हल्का डिजाइन बनाउनुपर्छ । यसले तपाईंको घरलाई आकर्षक बनाउँछ ।
प्लेटको प्रयोग
घरमा भएका प्लेटहरूलाई स्ट्यान्ड अथवा स्टोरमा थन्क्याउनु भन्दो खाली भित्तामा वायर प्लेट ह्याङ्गरको सहायताले टाँग्न सकिन्छ । यसले घरको खाली भित्ता सुन्दर र आकर्षक देखिन्छ ।
यो पनि…
यी कुराले बनाउँछ घरलाई फोहोर
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता