English

अवधि सकिनै लाग्दा बुटवल–नारायणगढ सडक अस्तव्यस्त



निर्माणाधीन बुटवलनारायणगढ सडक निर्माणको अवधि लम्बिने भएको छ । अत्यन्तै सुस्त गतिमा काम भएका कारण तोकिएको समयमा सडक निर्माण पूरा नहुने भएको हो ।

सडक निर्माण शुरु भएको तीन वर्ष नाघिसक्दा पनि १५ प्रतिशत मात्र प्रगति भएको छ । जबकि, सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो ।

आयोजना प्रमुख प्रदीप शाक्यका अनुसार कोरोना महामारी, रूख काट्न ढिलाइ लगायतका कारणले गर्दा सडक निर्माण लम्बिने अवस्थामा पुगेको हो । अब म्याद थपेर सडक निर्माण कार्य अगाडि बढाउनुको विकल्प छैन उनले भने ।

यो सडक निर्माणको कुल लागत १७ अर्ब रुपैयाँ रहेको छ । एसियाली विकास बैंकले ८५ प्रतिशत रकम उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारकै लगानी हुने बताइएको छ । चाइना स्टेट कन्स्ट्रक्सनले निर्माण शुरु गरेको यो सडकको निर्माण दुई प्याकेजमा अगाडि बढाइएको छ ।

नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटर बन्ने छ ।

दाउन्ने पश्चिमको सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म यो सडक खण्डमा १५ प्रतिशत मात्रै काम भएको जानकारी दिए ।

इन्जिनियर शाक्यका अनुसार अहिले करिब पाँच सय जना कामदारले साइट क्लियरको काम गरिरहेका छन् । रुपन्देही, नवलपरासी हुँदै चितवनसम्मको १ सय १५ किलोमिटरको यो सडकको काम अहिलेसम्म ८० प्रतिशत सम्पन्न भइसक्नुपर्ने थियो ।

यो सडक निर्माणमा धेरै रूख काटिएको भन्दै संसदीय समितिले रूख काट्न स्वीकृति दिनेहरूमाथि छानबिन गर्न निर्देशन दिएको छ । गलत आँकडा दिएर आयोजनाको काम नै प्रभावित गर्न खोजिएको भन्दै समितिले छानबिनको निर्देशन दिएको हो । २०७५ पुसमा ठेक्का सम्झौता भएको यो सडक २०८० साउन २२ सम्म निर्माण सक्नुपर्ने उल्लेख छ ।

तर, निर्माण कम्पनीले २०८२ साउनसम्म निर्माण सक्नेगरी पत्र पठाएको आयोजना प्रमुख इन्जिनियर शाक्यले बताए । बुटवलदेखि नारायणगढ सम्मको यात्रा साढे दुई घण्टा रहेकोमा अहिले साढे ६ घण्टासम्म लाग्ने गरेको यात्रुहरू बताउँछन् । यो सडकमा दैनिक करिब सात हजार सवारी साधन ओहोर दोहोर गर्छन् । नवलपुर क्षेत्रमा पनि सडक निर्माणको काम कछुवा गतिमा छ ।

सडकको पूर्वी खण्डका आयोजना प्रमुख रमेशकुमार दृष्टिले यो खण्डमा साढे १२ प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी दिए । आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्ने गरी यो सडक विस्तारको काम शुरु भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तारको शिलान्यास गरेका थिए ।

फोटो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल

यो पनि…
अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)
लुम्बिनीका दुःख – २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन्



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested