English

रुसले चीनसँग सैन्य सहयोग माग्यो : अमेरिका



रुसले युक्रेनमा लडाइँ गर्न चीन को सैन्य सहयोग मागेको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् । ती अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार पश्चिमा देशहरूले प्रतिबन्ध लगाएको पृष्ठभूमिमा रुसी प्रशासन केन्द्र क्रेमलिनले चीनसमक्ष सैन्य सहयोगका लागि अनुरोध गरेको होे ।

ती अधिकारीले चीनसँग मागेको हतियारबारे भने केही खुलासा नगरेको बताइन्छ ।

भिसा र मास्टरकार्डले रुसमा सञ्चालन बन्द गरेपछि चिनियाँ सरकारी स्वामित्वको युनियनपे र रुसको मिर जस्ता भुक्तानी प्रणालीहरूद्वारा सञ्चालित ‘को व्याज्ड’ कार्डहरू जारी गर्ने सम्भावनाबारे रूसी बैंकहरूले चिनियाँ समकक्षीहरूसँग सम्झौता गरका रिपोर्टहरू यसअघि नै आइसकेका छन् ।

मस्कोले चीनसँग हतियार मागेको भन्ने रिपोर्टलाई चीनले अस्वीकार गर्दै आएको छ । अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेनग्वायुले भनेका छन्, ‘त्यसबारे मैले केही सुनेको छैन ।’

‘अहिलेको मुख्य प्राथमिकता तनावपूर्ण अवस्थालाई नियन्त्रण बाहिर जानबाट रोक्नु हो । चीनले अत्यधिक संयम अपनाउन र ठूलो मानवीय संकटलाई रोक्न आह्वान गरेको छ’ दूतावासको विज्ञप्तिलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले विश्वव्यापी प्रतिबन्धहरूको सामना गर्न रसियालाई कुनै पनि सहयोग नगर्न चीनलाई चेतावनी दिएका छन् । सुलिभानले यसै साता चिनियाँ समकक्षीसँग भेट गर्दै छन् ।

यो पनि…
‘रूस-युक्रेन द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध’
युक्रेन पछि नहट्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ