English

जसको स्वाद धेरै नेपालीको जिब्रोमा गडेको छ

स्वादैले चर्चित बनेका ९ म:म सेन्टर



म:म नेपाली जिब्रोमा अत्यधिक गडेको खाने कुरामै पर्छ । नेपालीको सर्वाधिक प्रिय खाजा मानिने म:म बिशेषत: चिसो मौसममा खान अत्यधिक रुचाइने गरिन्थ्यो । तर यसको स्वादले अहिले नेपालीलाई यति मोहनी लगाएको छ कि, यो परिकार बाह्रमासै स्वादिलो मानेर खान थालिएको छ ।

म:म अहिले ठेलादेखि पाँच तारे होटेलसम्मको मुख्य परिकार मानिन्छ । सहरमा खुलेका सबै किसिमका होटेल, रेस्टुरेन्टले आफ्नो मुख्य परिकारमा म:म लाई बनाएर मेनु तयार गरे । म:मको यो मेनुमा समेत विविधता दिन केही होटेल, रेस्टुरेन्ट र म:मका सेन्टरहरूले म:म को परिकारमै विविधता समेत ल्याउन थाले । अहिले म:म स्वाद अनुसारको मात्र नभएर विभिन्न कारणले फरकढंगले स्वाद, रङ्ग, आकारमा पस्किन थालेका छन् ।

मैदा र मासु प्रयोग भएको म:म स्वास्थ्यका लागि राम्रो नमानिने भएकाले घरमै म:म पकाएर खानु राम्रा हुने डा. खड्का बताउँछन् ।

ठेलादेखि पाँच तारे होटेलसम्म एक प्लेटमा १० वटा म:म दिइने कुरामा समानता छ । तर मूल्य र स्वादमा भने एउटा म:म पसलको स्वाद अर्कोमा नमिल्ने म:मका पारखी बताउँछन् । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालका सचिव राम गुरुङका अनुसार अहिले उपत्यकामा ६ सयको हाराहारीमा रेस्टुरेन्ट छन् । अधिकांश यी रेस्टुरेन्टको मेनुमा म:मले नै राज गरिरहेको छ ।

उपत्यकामा म:मका पारखी जसरी बढे, म:मलाई मुख्य परिकार बनाएर होटेल रेस्टुरेन्ट सञ्चालन गर्नेको सङ्ख्या पनि बढ्यो । केही होटेल रेस्टुरेन्टले म:मलाई अरू परिकार सरह प्राथमिकता दिएका छन् भने कसैले म:मलाई आफ्नो ब्रान्डकै रूपमा विकास गरेका छन् । यसरी उपत्यकामै म:मको ब्राण्ड बनाउन सफल भएका र चलनचल्तीको भाषामा भन्दा म:म सेन्टरहरू ।

म:म खादा मान्छेहरूले अचार बढी खान्छन् जसबाट नुनको मात्र बढी हुन्छ । यसबाट सतर्क हुनु पर्ने, नेपाल मेडिकल कलेजका आवासीय चिकित्सक डा.गुन्जन खड्का बताउँछन्, ‘म:म खाँदा म:मको अचार मिठो भन्दै म:म भन्दा अचार धेरै खाने चलन पनि रहेको छ ।

नारायण दाइको (मासनगल्ली)को म:म

४२ वर्ष अगाडी सञ्चालनमा आएको नारायण दाइको मासनगल्लीको म:म उपत्यकाको चर्चित म:म सेन्टरमा पर्छ । यो म:म सेन्टर सञ्चलनमा आउँदा उपत्यकामा म:मलाई मुख्य ब्राण्ड बनाएर अरू होटेलहरू सञ्चालनमै आएका थिएनन् । स्थापनाकालमा यसको नाम ‘सानदार म:म’ थियो । यसका सञ्चालक नारायण महर्जन थिए । ‘सनदार’ नाममा धेरैले म:म पसल सञ्चालनमा ल्याउन थालेपछि सानदार म:मको नाम परिवर्तन गरेको नारायण महर्जनकी छोरी पुष्पा महर्जन बताउँछिन् ।

४२ लाख लगानीमा उपत्यकामा नारायण दाइको म:मका ७ वटा ब्रान्च रहेका छन् । ७ वटा ब्रान्चमा लगभग ५० जना कर्मचारी रहेका छन् । यस सेन्टरमा तीन प्रकारका म:म पाइन्छ । भेज, चिकेन र बफ । गौशालाको शाखाले मात्र २ देखि ३ सय प्लेट म:म बिक्री गर्ने गरेको छ । यस सेन्टरको म:म बोसोरहित हुने सञ्चालकको दाबी छ ।

दुना टपरी गाँस्न प्रयोग गरिने सालको पातबाट बनेको भाडाको आकारलाई बोता भनिने र उक्त भाडा शुद्ध हुने भएकाले यसको नाम नै बोता राखिएको उनले बताए ।

द बेकरी क्याफे (नाङ्लो)

उपत्यकामा म:म मा चर्चा कमाएको ‘द बेकरी क्याफे’ पनि एक हो । नाङ्लो ईन्टरनेशनल प्राइभेट लिमिटेडद्वारा सञ्चालित यो क्याफेको १० वटा ब्रान्च रहेका छन् । क्याफेका म्यानेजर सन्दीप आचार्यका अनुसार ३१ वर्ष अगाडी श्यामलाल कक्षपतीले सञ्चालनमा ल्याएको बेकरी क्याफेले म:मका बिशेषतः ४ किसिमका परिकारहरूलाई सर्व गरिरहेको छ । जसमा चिकेन, भेज, बफ र मटन अत्याधिक रुचाइने गरेको छ । यहाँ भेज म:म २ सय २५ रुपैयाँ र अरू ननभेज म:म २ सय ७५ रुपैयाँ भन्दा बढी पर्ने गरेको छ । बेकरी क्याफेको एक ब्रान्चबाट दैनिक २ सय रूपैयाँ प्रति प्लेटसम्म म:म बिक्री हुने गरेको आचार्य बताउँछन् ।

उपत्यकाका चर्चित म:म सेन्टर मध्ये विशाल म:म पनि एक हो । यो सेन्टर सञ्चालनमा आएको १० वर्ष भएको सञ्चालक कुमार कार्की बताउँछन् ।

म:म मन्त्र

म:म मन्त्र चर्चित म:म सेन्टरहरू मध्येमै पर्छ । १६ वर्षदेखि सञ्चालनमा आएको यस म:म सेन्टरलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याएको भने ५ वर्ष भयो । म:म सेन्टरको नाम जुराउँदै जाँदा युनिक नाम कसरी राख्न सकिन्छ भनेर दार्जिलिङका एक जनाले सल्लाह दिए पछि ‘म:म मन्त्र’ राखिएको यसका सञ्चालक पूर्णबहादुर बल बताउँछन् ।

मध्य बानेश्वरमा रहेको यो म:म सेन्टरमा मसला रहित म:म पाइन्छ । यो म:मले यसका पारखीलाई मोहनी नै लगाउने हुनाले यहाँको म:मको नाम म:म मन्त्र राखिएको बल बत्ताउँछन् ।

सेन्टरमा मसला रहित वफ, चिकेन, भेज र पोर्क गरी ४ प्रकारको म:म पाइन्छ । यसको मूल्य प्रति प्लेट १ सय देखि १ सय ५० रुपैयाँ रहेको उनी बताउँछन् । उनका अनुसार अहिले म:म मन्त्रमा दैनिक १ सय प्लेट म:म बिक्री हुँदै आएको छ ।

सुरुमा म:म सेन्टर सञ्चालन गर्न ४ देखि ५ लाख रुपैयाँ लगानी गरेको बल बताउँछन् । अहिले म:म सेन्टरलाई व्यवस्थापन गर्न १५ देखि १६ लाख रुपैयाँ लगानी लागेको उनी बताउँछन् ।

एउटै म:म स्टिम, फ्राई, झोल, स्पाईसी गरी विभिन्न परिकारमा बनाइने उनी बताउँछन् ।

क्लासिक म:म

नेपाली ब्रान्डको म:मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको क्लासिक ममः सेन्टर पनि चर्चित मानिन्छ । नारायण चौरमा रहेको यस म:म सेन्टर सञ्चालनमा आएको ५ वर्ष भयो । यस म:म सेन्टरका ३ वटा ब्रान्चहरू कोरोना महामारीका कारण बन्द अवस्थामा रहेका छन् ।

म:म सेन्टरका मेनेजर भिमराज गिरीका अनुसार भेज, चिकेन, मटन, फिस, बफ र पार्कका म:म पाइने उनी बताउँछन् । उनका अनुसार एउटै म:म स्टिम, फ्राई, झोल, स्पाईसी गरी विभिन्न परिकारमा बनाइने उनी बताउँछन् ।

ब्राण्ड बनाउनका लागि म:ममा हाईजेनिक सामग्री प्रयोग गरिने उनी बताउँछन् । क्लाासिकको म:म, अहिले प्रति परिकार अनुसार २ सयदेखि ३ सय ९० रुपैयाँ सम्म पर्छ ।

नेपालीको सर्वाधिक प्रिय खाजा मानिने म:म बिशेषत: चिसो मौसममा खान अत्यधिक रुचाइने गरिन्थ्यो । तर यसको स्वादले अहिले नेपालीलाई यति मोहनी लगाएको छ कि, यो परिकार बाह्रमासै स्वादिलो मानेर खान थालिएको छ ।

विशाल म:म

उपत्यकाका चर्चित म:म सेन्टर मध्ये विशाल म:म पनि एक हो । यो सेन्टर सञ्चालनमा आएको १० वर्ष भएको सञ्चालक कुमार कार्की बताउँछन् । उनी विगत ३५ वर्षदेखि यही क्षेत्रमा कार्यरत छन् । तर आफूलाई पायक पर्ने विशाल म:म सेन्टरका दुई वटा ब्रान्च मात्र सञ्चालन गरेका छन् । म:म बनाउँदा गुणस्तरीय मासुको प्रयोग हुने उनको दाबी छ ।

नयाँ बानेश्वरस्थित रहेको यस म:म सेन्टरमा पनिर, भेज, बफ, चिकेन लगायतका म:महरु पाइने उनी बताउँछन् । यस म:म सेन्टरमा एक दिनमा ५ देखि ६ सय प्लेट म:म बिक्री हुने गरेको छ । उनका अनुसार म:मको परिकार हेरी प्रतिप्लेट १ सयदेखि १ सय ४० रुपैयाँसम्म पर्ने गरेको छ ।

डल्ले म:म

उपत्यकाको चर्चित म:म सेन्टर मध्ये एक हो डल्ले म:म सेन्टर । १० वर्ष अगाडी सञ्चालनमा आएको यस म:म सेन्टरको नाम क्याची बनाउनका लागि नाम डल्ले राखिएको सञ्चालक सुवास गौचन बताउँछन् । यस सेन्टरमा पाइने म:ममा हल्का किसिमको मसलाको प्रयोग गरेको गौचन बताउँछन् । यस सेन्टरमा चिकेन, पोर्क र भेज म:म पाइने उनी बताउँछन् । पोखरामा १, बुटवलमा २ र उपत्यकामा ८ गरी यसका ११ वटा ब्रान्च रहेका छन् ।

यस म:म सेन्टर सञ्चालन गर्न २८ देखि ३० लाख लगानी लागेको उनी बताउँछन् । उपत्यकामा रहेको सेन्टरबाट एकै दिनमा ५ देखि ६ सय प्लेट म:म बिक्री हुने उनी बताउँछन् । प्रति प्लेट म:मको २ सय ७० रुपैयाँ तोकिएको म:मको आम्दानी दैनिक साढे एक लाख भन्दा बढी हुने उनी बताउँछन् ।

यो म:म सेन्टरबाट २ सय ५० प्लेट म:म प्रतिदिन खपत हुने श्रेष्ठ बताउँछन् ।

ठुलेको टपरी म:म

उपत्यकामा चर्चा कमाउन सफल म:महरू मध्ये ठुलेको टपरी म:म पनि हो । ललितपुरको बखुण्डोलमा विगत ४ वर्ष देखि खगेन्द्र रोकाले सञ्चालनमा ल्याएका हुन् । सानो उमेरमा सबैले ठुले भनेर बोलाउने हुनाले उनले आफूले खोलेको म:म सेन्टरको नाम नै ‘ठुलेको टपरी म:म’ राखेका हुन् ।

यस म:म सेन्टरले उपत्यकाका १० विभिन्न स्थानमा सेन्टर खोल्ने प्रक्रियामा रहेको उनले बताए । यस म:म सेन्टरमा भेज, चिकेन र बफको म:म पाइन्छ । एक प्लेट म:म को ७० रुपैयाँ देखि १ सय २० रुपैयाँसम्म पर्ने उनले बताए ।

यस म:म सेन्टर सञ्चालन गर्न ३ देखि ४ लाख रूपैयाँ लगानी गरेको उनले बताए । यस म:म सेन्टरबाट मासिक डेढ लाखदेखि दुई लाख रुपैयाँ आम्दानी हुने उनी बताउँछन् ।

एभरेस्ट म:म सेन्टर

उपत्यकाका म:म पारखीहरूमा चर्चित रहेको एभरेस्ट म:म सेन्टर नक्सालमा रहेको छ । यो म:म ३२ वर्ष देखि सञ्चालनमा रहेको यसका म्यानेजर तारा श्रेष्ठ बताउँछन् ।

यो म:म सेन्टरबाट २ सय ५० प्लेट म:म प्रतिदिन खपत हुने श्रेष्ठ बताउँछन् । उनका अनुसार यस म:म सेन्टरमा बफको स्टिम म:म मात्र पाइन्छ । हाल प्रतिप्लेट म:म को १ सय ५० रुपैयाँ पर्ने गरेको छ ।

उपत्यकामा चर्चामा आएको बोता म:म सञ्चालनमा आएको ५ वर्ष भयो । यसका १५ वटा ब्रान्च छन् ।

बोता म:म

उपत्यकामा चर्चामा आएको बोता म:म सञ्चालनमा आएको ५ वर्ष भयो । यसका १५ वटा ब्रान्च छन् । बनेपा, विराटनगर र बुटवालमा एक–एक वटा र बाँकी सबै काठमाडौं उपत्यकामा रहेको यसका सिनियर म्यानेजर भुवन आचार्यले बताए ।

दुना टपरी गाँस्न प्रयोग गरिने सालको पातबाट बनेको भाडाको आकारलाई बोता भनिने र उक्त भाडा शुद्ध हुने भएकाले यसको नाम नै बोता राखिएको उनले बताए ।

निभेन अमात्यले सञ्चालन गरेका यस म:म सेन्टरमा ५० भन्दा बढी म:मका परिकारकाहरु पाइने आचार्यले बताए । उनका अनुसार यो म:म सेन्टर करोडौँको लगानीमा सञ्चालनमा आएको हो । यसको एउटा ब्रान्च सञ्चालन गर्न कम्तीमा ७० देखि ८० लाख लगानी लाग्ने उनले बताए ।

यो म:म सेन्टरले प्रतिप्लेट म:म न्यूनतम १ सय ८० रुपैयाँ र बढीमा ३ सय २५ रुपैयाँ पर्ने उनले बताए ।

गहुँको पिठो, ह्वाइट मिट वा छाला नभएको मासु र घरमै भएका मसलाहरू प्रयोग गरी म:म बनाएर महिनाको १ देखि २ पटक खान सकिन्छ ।’

म:म खानु कतिको स्वास्थ्यकर ?

म:म खादा मान्छेहरूले अचार बढी खान्छन् जसबाट नुनको मात्र बढी हुन्छ । यसबाट सतर्क हुनु पर्ने, नेपाल मेडिकल कलेजका आवासीय चिकित्सक डा.गुन्जन खड्का बताउँछन्, ‘म:म खाँदा म:मको अचार मिठो भन्दै म:म भन्दा अचार धेरै खाने चलन पनि रहेको छ । यसो गर्दा बढी नुनिलो कुरा खाइन्छ ।

फाइबर नभएको खानेकुराले पाचन प्रणालीलाई असर गर्ने बताउँदै खड्का भन्छन्, ‘ म:ममा फाइबर भएको कुराहरू केही हुँदैन, आँटा कम हुन्छ, मैदामा फाइबर हुँदैन र भित्र मासु हुन्छ, बेसिकल्ली भेज म:म भए अरू कुरा हो, नत्र सामान्य खाले म:मको मासुमा फाइबर हुँदैन ।’

म:म बनाउँदा मिठो बनाउन फ्याट, तेल र विभिन्न किसिमका मसलाहरू प्रयोग हुने भएकाले म:म स्वास्थ्यका लागि राम्रो नमानिने उनी बताउँछन्, ‘गर्मी मौसममा म:म खानाले फ्याट तथा मसलाका कारणले फुड प्वाइजन हुने, पखाला लाग्ने जस्ता समस्या देखिन्छ ।’

मैदा र मासु प्रयोग भएको म:म स्वास्थ्यका लागि राम्रो नमानिने भएकाले घरमै म:म पकाएर खानु राम्रा हुने डा. खड्का बताउँछन् । ‘गहुँको पिठो, ह्वाइट मिट वा छाला नभएको मासु र घरमै भएका मसलाहरू प्रयोग गरी म:म बनाएर महिनाको १ देखि २ पटक खान सकिन्छ ।’



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन