आज सोमबार यस्तो छ फलफूल र तरकारीको मूल्य [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज फागुन ३० गते सोमबार एक किलोग्राम कागतीको मूल्य १९० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ५६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २५ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ४६ रूपैयाँ ४० पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २२ रूपैयाँ ५० पैसा तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य १८ रूपैयाँ, रातो मूला ४५ रूपैयाँ, सेतो मूला १२ रूपैयाँ ५० पैसा, भन्टा ६६ रूपैयाँ ६७ पैसा , मटरकोशा ४६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १२५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ ।



यो पनि…
कृषक भएपछि लोकेन्द्र विष्टको नजरमा राजनीति
जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा