English

सेयर बजारमा उछाल, १०१ अंकले बढ्यो नेप्से



सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हो ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६ दशमलव ३७ अंकले बढेको छ । नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने सेन्सेटिभले ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्छ ।

कारोबार रकममा समेत अघिल्लो साताको भन्दा सुधार देखिएको छ । अघिल्लो साता औसतमा ३ अर्ब देखिएको कारोबार रकम आइतबार करिब ५ अर्ब पुगेको छ ।

दिनभर भएका ६४ हजार २२८ कारोबारबाट २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ पुगेको छ ।

आइतबार तीन वटा कम्पनीको सेयर मूल्य अधिकतम १० प्रतिशत नै बढेर बन्द भएको छ । जसमा पहिलो नम्बरमा एसियन लाइफको सेयर मूल्य ८०.५० रुपैयाँले बढेर ८८५ दशमलव ५० रुपैयाँमा पुगेको छ ।

आइतबार तीन वटा कम्पनीको सेयर मूल्य अधिकतम १० प्रतिशत नै बढेर बन्द भएको छ । जसमा पहिलो नम्बरमा एसियन लाइफको सेयर मूल्य ८०.५० रुपैयाँले बढेर ८८५ दशमलव ५० रुपैयाँमा पुगेको छ ।

दोस्रोमा ज्योतिको ५६ रुपैयाँले बढेर ६ सय २१ दशमलव ५० रुपैयाँमा र सानिमा लाइफ इन्स्यारेन्सको ५१ रुपैयाँले बढेर ५६६ दशमलव ५० रुपैयाँमा पुगेको छ । धेरै घट्ने धितोपत्रहरुमा भने मेगा म्युचुअल फन्ड, प्राइम कमर्सियल बैंकको डिबेञ्चर, कुमारी इक्वीटी फन्डलगायत देखिएका छन् ।

यो पनि
सेयर बजारमा ६३ अंकको पहिरो
नेप्सेमा ४३ अंकको गिरावट, कारोबार साढे ३ अर्बमा सीमित



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।