जुरेली मेरो गुरु
म यसरी बने संस्कृतिविद्
हामी सानो विषयलाई त्यति महत्त्व दिँदैनौँ । तर कहिलेकाहीँ त्यही सानो विषयले नै हाम्रो जीवन बद्लिन सक्छ । किनभने समय परिवर्तनशील छ, यहाँ दिनरात कयौँ परिवर्तन भइरहन्छन् । त्यही परिवर्तनमा आएको वा देखिएको एउटा सानो कुराले नै हाम्रो जीवन उज्ज्वल बनाइदिन्छ । यसको ज्वलन्त उदाहरण हुन् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । सय वर्ष नाघिसकेका जोशीलाई जुरेलीले नै संस्कृतिविद् बनायो, भन्दा पत्याउन गाह्रो होला तर सत्य र यथार्थ भने यही नै हो ।
(वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग गरिएको कुराकानीमा आधारित)
अहिले धर्म संस्कृतिको क्षेत्रमा कतिको सक्रिय हुनुहुन्छ ?
धर्म, संस्कृति भनेको कुरामा पनि, अब हाम्रो पालोमा चाहिँ कल्चरको पढाई नै हुँदैन थियो । त्यो बेला एन्थ्रोफोलोजी पनि थिएन, सोसियल साइन्स पनि थिएन, न त कुनै किसिमको पढाई नै हुन्थ्यो । यो त पछि पो डेभलप आयो । अब कल्चरमा बाई चान्स, सन्दर्भ यस्तो छ, भीम बहादुर पाँडे भन्नेले कोर्कर युनिभर्सिटीबाट एमकम पास गरेर आएका थिए, फर्स्ट टाइम । एमकम पास गरेर आउँदा उनले राष्ट्रको निम्ति के गर्न खाजे भने, औद्योगिक व्यापारिक समाचार सङ्ग्रह (अद) खडा गरे ।
अङ्ग्रेजीमा डिपार्टमेन्ट अफ इन्डस्ट्री एन्ड कमर्सीयल इन्टेलिजेन्स भन्छ । त्यो खडा भएपछि उनले पाँच अधिकृत, खरदार सरहको सुब्बा पनि होइन, टिम बनाए । त्यो बेलासम्म गोरखापत्रमा बाहेक अन्त कतै लोकसेवाको परीक्षा हुँदैन थियो । आफ्ना मान्छे लगेर भर्ना गर्ने काम हुन्थ्यो । उनले त्यो गोरखापत्र पेपरमा नाम निकाले । दोज हू आर एवल टु वर्क विशिङ्ग टु ज्वाइन एज दे क्यान अप्लाइ भन्यो । त्यो बेला त्यसको क्राइटेरिया बिए पढिसकेको मान्छे भए नि हुन्छ र पढिराखेको भए पनि हुन्छ । अहिलेको भए पाँच लाख जतिको दरखास्त हो । त्यो बेला मात्र ३० जना जतिको परेको थियो । त्यो पाँच जनामा एक म पनि थिएँ ।
ऊसँग त्यसपछि हामीले तालिम लियौँ, उ एमकम पढेर आएको मान्छे हामी त आर्ट पढेका थियौँ । तालिम गरिसकेपछि उनले हामीलाई काममा खटाए ।
तपाईँले के गर्नुभयो ?
त्यसपछि हामी मुलुकको इन्भेष्टिगेट सर्वेका लागि गाउँघर जानुपर्यो । पहिला त सामान्य तरिकाले काम गर्यौं तर पछि पञ्च वर्षे योजनाको निम्ति काम लाग्ने गरेर देशको निम्ति केस स्टडी जस्तो गरेर, कहाँ, कुन ठाउँमा के छ, कस्तो छ ? थाहा पाउनुप¥यो । जे भए पनि गाउँघरमा गएर सबै पत्ता लगाएर गाउँघरको चित्र, इकोनोमिक, सोसियल, फाइनान्सीयलको बारेमा रिपोर्ट तयार म पनि लागेँ, मेरो भागमा मलाई चाहिँ तनहुँ र लमजुङ परेको थियो ।
यसरी जोडियो जुरेलीसँगको साइनो
म त अब काठमाडौँ भ्यालीको मान्छे । ललितपुरदेखि कतै बाहिर ननिस्केको । चार भञ्ज्याङ्गबाट कहिल्यै बाहिर नगएको । यहाँ त अब कहिलेकाहीँ मासु भात खान पाइन्थ्यो । तरकारी मिठो खाना पाइन्थ्यो । गाउँघरमा त त्यो शून्य । दूध, मोही त पाइन्छ, अरू किसिमको त्यो थिति मिति पाइँदैन थियो । मिठो नपाइने, पसलै छैन, चिया खानलाई पनि चिया पसलै छैन कतै नि । यहाँबाट पोखरा जाँदा ८ दिन लगाएर गएको हो, अब त्यहाँ कहीँ वास बस्ने ठाउँ, होटेल कतै थिएन । घरको पेटीमा, पालीमा त्यहीँ वास बस्ने, त्यही घरको मान्छेलाई सामान दिएर भात पकाएर खाएर जानुपर्ने अवस्था थियो । गाउँघरमा बस्दा दिक्क लाग्यो । दिनभर त काम भयो, तर बिहान र बेलुका यसो डुल्न गयो ।
त्यहाँका १५–१६ वर्षदेखि माथिका जम्मै केटाहरूलाई लडाईंं गर्न लिएर गए, गल्लाहरूले । ४०–४५ देखि तलकालाई पनि सबैलाई लिएर गए । गोरखपुरमा लगेर दुई तीन महिना तालिम दिन्थ्यो र लडाईंंका लागि पठाउँथ्यो ।
बिहान त्यो कुवामा पानी भर्नको लागि लस्करै गाग्री लिएर बसेका हुन्थे । खोलानाला भएको ठाउँमा त सजिलो, नभएको ठाउँमा, डाँडामा त भरेर पानी नआउने । अनि त्यहाँ बसेको मान्छेले गीत गाउँथ्यो क्या त्यहाँ, गफसफ हुन्थ्यो, कान्छा, कान्छी, माया, पिरती यस्तै गीत हुन्थे गाउँघरका, अब जङ्गलमा दाउरा लिन गएको मान्छे पनि पसिना चुहाइरहेको छ तर गीत गाइरहेको छ । त्यो गीतले इनर्जी आउने उसलाई ।
चौतारामा यताउति गर्दा कि गीत, कि दोहरी कि ठट्टा, गाउँ घरको कल्चर यही हो ।
मरे हाम्रो चेपे घाट
नमरी बाँचे भेटौँला । यस्तो क्या ।
म चाहिँ सहरको मान्छे, आपतै पर्यो, बस्न यताउति गर्न गाह्रो भयो ।
यस्तो बेलामा एक ठाउँमा के सुनेँ भनेँ,
के खायौ रेली माई, के लायौ होला ।
मेरो माया रेली माई वनको जुरेली चरीले ।।
यो गीत गाएर छमछम नाचेको । यति प्रभाव पर्यो कि, जुरेली त यहीँ पनि आउँथ्यो मेरो । एक डालीबाट अर्को डालीमा उफ्रिन्थ्यो । त्यही भएर मैले सिम्पल लिभिङ्ग, हाई थिंकिङ्ग भन्ने फिलोसपी झिकेँ मैले । फिलोसपी एन्ड स्याटिक्फ्याक्सन, डन्ट थिंकिङ टुमरो, भोलिको कुरा के हो नगर, आज काम गर । यस्तै किसिमको गीतले मलाई छोयो । लोकगीत, अब त्यो लोकगीत गाउने त अशिक्षित, पढेलेखेको थिएन तिनीहरूले, त्यो बेला दोस्रो विश्व युद्ध भइरहेको थियो । त्यहाँका १५–१६ वर्षदेखि माथिका जम्मै केटाहरूलाई लडाईंं गर्न लिएर गए, गल्लाहरूले । ४०–४५ देखि तलकालाई पनि सबैलाई लिएर गए । गोरखपुरमा लगेर दुई तीन महिना तालिम दिन्थ्यो र लडाईंंका लागि पठाउँथ्यो । अङ्ग्रेजहरूको अधीनमा रहेको ब्रिटिस इन्डियाले जर्मनी, अमेरिका र बेलायत तिर पठाउँथ्यो ।
त्यो बेला यस्तो गीत सुनेकी,
गाई पाल्यो रेलिमाई वनको बाघलाई ।
छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई ।।
गाई पाल्यो वनका बाघले खान्छ, छोरो पाल्यो जर्मनले गोली हानेर मारिदिन्छ ।
नकरा वनका न्याउली ।
तिमीभन्दा म छु नि वैरागी ।।
तिमी न्याउ, न्याउ, न्याउ भनेर के कराउँछ्यौ ? पहरामा बसेर, तिम्रो दुखभन्दा मेरो दुख त धेरै ठुलो छ । यो २००१ सालको कुरा हो । यस्ता किसिमका गीतहरू भएपछि मैले विचार गरेँ, यी सबै कविता त जर्मनको धावाको डरले आएको हो, जुरेलीले ल्याएको हो, आफ्नै जीवन्त छ यसको, त्योपछि गाउँले झझ्याउरे गीत टिपेँ र त्यही टिपेको आधारमा गाउँघरको काम सकेर यहाँ आएपछि रिसर्च बुझाइयो । त्यहाँदेखि अलिअलि साहित्यमा त रस लागिसकेको थियो ।
साँच्चिकै भन्नुपर्दा यी जुरेलीकै कारण संस्कृतिविद् बनेको हुँ । त्यो बेला ल्याएका गीतहरू नेपाली साहित्यका लागि काम लाग्ने चिजहरू हुन् भनेर गोपालप्रसाद रिमालले पत्रिकामा छापेर सुरक्षित राखे । त्यो नै धेरै महत्त्वपूर्ण थियो र मलाई साहित्यकार पनि बनाएको यसैले हो । भक्तपुरमा रहेका दत्तात्रयको मन्दिर सुन्नुभएको होला नि ? उसका पनि २४ गुरु थिए, कुकुर, बिरालो, मौरी आदि मेरो चाहिँ जुरेली गुरु हो ।