English

‘गीतका सर्जकलाई किन धम्क्याउने ?’



चर्चित गायक प्रकाश सपूतको ‘पिर’ शीर्षकको गीतले जनयुद्ध लडेका महिलाको अपमान गरेको भन्दै विशेष गरी नेकपा माओवादी केन्द्रका नेताहरूले गम्भीर आपत्ति जनाइरहेका बेला जनयुद्धकै एक शीर्ष नेता डा.बाबुराम भट्टराईले भने समर्थन गरेका छन् ।

परिवर्तनका लागि भनिएको जनयुद्धले वास्तविक जनताको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको र रोजगारीका लागि विदेश जानुपर्ने अवस्था गीतमा देखाइएको छ । १६ मिनेट २५ सेकेन्डको उक्त गीतको अन्त्यमा रुमालमा देशको माटो पोको पारेर परदेश लागेको देखाइएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.भट्टराईले आफू पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपूतको गीतमा टिप्पणी गर्ने अधिकार रहेको उल्लेख गर्दै गीतमा आपत्तिजनक कुरा नरहेको प्रतिक्रिया दिएका हुन् ।

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु– त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन’, डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्क्याउने ?’

यो पनि…
प्रकाश सपूतको ‘पिर’ गीत विवादमा, युट्युबबाट तत्काल हटाउन माओवादी नेताहरूको आग्रह
बाबुरामको प्रतिवेदन : कुन दल कस्ता ?



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले