विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।
२१. युक्रेन–रुस द्वन्द्वका कारण युक्रेनबाट भागेर पोल्यान्ड मेडिकाको सिमानामा बच्चालाई खाना खुवाउँदै ।२०. जर्मनीको फ्रान्कफर्टस्थित सूर्य उदाएको दृश्य ।१९. यहुदीको एक बस्तीको दृश्य ।१८. कोलम्बियास्थित बिज बैंक ।१७. रोभानिमीस्थित आइस तालमा दुई जना नुहाउँदै ।१६. सिड्नीको दक्षिण–पश्चिम क्षेत्रमा आएको बाढी ।१५. हङकङमा साँझका समयमा घुमफिर गर्ने मानिसहरू बसेका दृश्य ।१४. युक्रेनका शरणार्थी भएकाहरूको अस्थायी शिविरमा बच्चा ।१३. युक्रेनको किभस्थित पसलमा बच्चाहरू फूल किन्दै ।१२. एथेन्सको फिलोपाप्पौ हिमालमा चङ्गा उडाउँदै ।११. पूर्वी चीनको आन्हुईको हुवावेईमा वसन्त ऋतुमा रमाउँदै ।१०. ललितपुरको जावलाखेल तिब्बती शिविरमा चिनियाँ शासनविरुद्ध तिब्बती विद्रोहको ६३औँ वार्षिकोत्सवको अवसरमा हावामा पीठो फ्याँक्दै ।९. भक्तपुर नगरपालिका–७ गोल्मढीस्थित सहलह सहकारी संस्थाले आयोजना गरेको बाँसुरी प्रशिक्षणमा सहभागीहरू८. हुम्लामा ११२औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको बालविवाहसम्बन्धी देउडा प्रतियोगितामा स्थानीय पहिरनमा सहभागी महिला ।७. शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारू समुदायका महिला माछा मारेर घरतर्फ फर्कदैँ ।६. भक्तपुरको घ्याम्पेडाँडा जाने बाटोमा गुराँस बेच्न बसेका बालक ।५. शुक्लाफाँटा नगरपालिका–३ का थारू युवा मसला पिस्ने काठको भाँडो (डोक्नी) तयार गर्दै ।४. झापाको बिर्तामोडस्थित हेवन वार्टर पार्कनजिकै सुकाएको अम्रिसो कुचो बनाउन मुठा पार्दै महिला ।३. दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट पुग्ने सडक स्तरोन्नति लागि काम गर्दै गरेका मजदुर ।२. ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका दिन मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गर्दै थारू समुदायका महिला ।१. दोलखा जिल्लाको पैदलमार्गबाट पुग्न सकिने पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक ।
आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले
एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो । यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ। गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ। गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ। नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।