English

अमेरिकाले १२ हजार सेना पठायो रुसको सीमा क्षेत्रका मुलुकमा



अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ हजार सेनालाई रुससँगको सीमा रहेका लातभिया, इस्टोनिया, लिथुनिया, रोमानियामा पठाएको बताएका छन् ।

रुसी फौजले युक्रेनका मुख्य सहरहरुमा हमला तीव्र पारेको र राजधानी युक्रेनलाई घेरा हालिरहेको भन्ने विवरण सार्वजनिक भइरहेका बेला १२ हजार सेनालाई रुससँगको सीमा रहेका देशमा पठाएका हुन् ।

हाउस डेमोक्रयाटिक काउकसका सदस्यहरुलाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा तेस्रो विश्व युद्ध नलड्ने तर नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने उचित सन्देश पठाउने बचन दिएका छन् ।

उत्तर एट्लान्टिक ट्रिटी संगठन नेटो उत्तर अमेरिका र युरोपका ३० देशरुको समूह हो । राजनीतिक र सैन्य माध्यममार्फत आफ्ना सदस्यहरुको स्वतन्त्रता र सुरक्षाको सुनिश्चित गर्नु यसको उदेश्य हो ।

रुसी हमलामा युक्रेनीले उदाहरणीय वीरता र साहस प्रदर्शन गरेको बाइडेनले बताएका छन् ।

यो पनि
रूस-युक्रेन युद्ध : हरेक आधा घण्टामा गोलाबारी, मेयरको अपहरण
‘रूस-युक्रेन द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध’



सम्बन्धित खबरहरु

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’जितेको छ। क्रिकेटका अत्यधिक दर्शक रहेको नेपाल आईसीसीले नेपाली क्रिकेटको डिजिटल

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

Latest










Popular
Suggested