English

‘पसले अङ्कलले लुकाएर मलाई दालमोठ दिनुहुन्थ्यो’



कल्पना दाहाल पछिल्लो समय लोकदोहोरी क्षेत्रमा एकदमै रुचाइएकी गायिका हुन् । टेलिभिजन कार्यक्रम इन्द्रेणीले उनलाई धेरै चर्चित बनायो । उनले प्रखर वक्ता रमेश प्रसाईंसँग गाएको दोहोरीलाई दर्शकले एकदमै मन पराए । पछिल्लो समय उनी स्टेज कार्यक्रममा एकदमै व्यस्त छिन् ।

गायिका दाहाललाई आफ्नो बाल्यकाल सम्झिँदा एकदमै रमाइलो लाग्छ । सानै उमेरदेखि उनी गायनमा रुचि राख्थिन् । स्कुलको विभिन्न कार्यक्रमहरूमा भाग लिएर विजय भएपछि उनमा झन् उत्साह थपियो । स्कुलको कार्यक्रमहरूदेखि दोहोरीमा सक्रिय उनी अहिले त गायनलाई नै आफ्नो पेसा बनाएर अघि बढेकी छिन् ।

स्कुल जाँदा पनि खाजामा प्रायः म दालमोठ नै लैजान्थेँ । बाबा पसल गएको बेला म सधैँ दालमोठ ल्याइदिन आग्रह गर्थें ।

आफ्नो बाल्यकाललाई सम्झिँदै उनी भन्छिन् । बाल्यकालमा हरेक कुराहरू विशेष लाग्ने गथ्र्यो । सानो–सानो कुराले पनि धेरै खुसी दिन्थ्यो । त्यो बाल्यकाल फर्केर त आउँदैन तर बाल्यकालको यादहरू भने सधैँ ताजा नै छन् ।

उनको बाल्यकाल सिन्धुपाल्चोकको सिन्धु मा बित्यो । बाल्यकाको हरेक कुरा विशेष भएजस्तै बाल्यकालमा खाएको खानेकुरा पनि उनलाई विशेष लाग्छ ।

बाल्यकालमा खाएको खानेकुरामध्ये उनलाई दालमोठ एकदमै मन पर्छ । सानैदेखि उनलाई गुलियो खानेकुराभन्दा नुनिलो तथा पिरो खानेकुरा बढी मिठो लाग्ने गथ्र्यो । बाल्यकालमा खाएको दालमोठ सम्झँदै उनी भन्छिन् ‘स्कुल जाँदा पनि खाजामा प्रायः म दालमोठ नै लैजान्थेँ ।’

दालमोठ तथा चाउचाउ धेरै खान हुँदैन भनेर त थाहा छ । तर, के गर्नु सानैदेखि दालमोठ एकदमै मन पथ्र्यो । त्यसैले, खानै छोडेको भने छैन, कम भने गरेको छु ।

त्यसो त उनलाई दालमोठ अहिले पनि उत्तिकै मन पर्छ । तर, बाल्यकालमा खाएको दालमोठ भने अहिलेभन्दा बढी मिठो लाग्ने उनी बताउँछिन् । ‘म सानो छँदा पसल धेरै थिएन । त्यसैले, बाबा पसल गएको बेला म सधैँ दालमोठ ल्याइदिन आग्रह गर्थें ।’

पसल अलिकति टाढा भएकोले सधैँ त जाँदिनथिएँ, तर बाउनेपाटीमा एक जना ज्ञानेन्द्र श्रेष्ठ अङ्कलको पसल थियो । म पसल गएको बेला त्यो अङ्कलले सित्तैमा दालमोठ दिनुहुन्थ्यो । मलाई दालमोठ एकदमै मनपर्छ भनेर उहाँलाई थाहा थियो । सित्तैमा दालमोठ पाएर म मख्खै पर्थें उनी सुनाउँछिन् । ‘ज्ञानेन्द्र अङ्कलले आमासँग लुकाएर मलाई दालमोठ दिनुहुन्थ्यो त्यो कुरा म अझै सम्झन्छु ।’

पहिले धेरै कम्पनीको दालमोठ बजारमा उपलब्ध थिएन । नटराज कम्पनीको दालमोठ बढी मात्रामा पाउँथ्यो । त्यो नटराज कम्पनीको दालमोठ नै उनलाई मन पथ्र्यो । बाल्यकालदेखि नै त्यही कम्पनीको दालमोठ खाएर हुर्किएको भएर होला उनलाई अहिले पनि नटराज कम्पनीकै दालमोठ मन पर्छ ।

अहिले पनि बजार गएको बेला त्यही कम्पनीको दालमोठ किनेर ल्याउने गर्छिन् । ‘दालमोठ तथा चाउचाउ धेरै खान हुँदैन भनेर त थाहा छ ।’ दाहाल भन्छिन् ‘तर, के गर्नु सानैदेखि दालमोठ एकदमै मन पथ्र्यो । त्यसैले, खानै छोडेको भने छैन, कम भने गरेको छु ।’

यो पनि…
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला
‘स्कुल पढ्दा खाएको जेरी अझै याद आउँछ’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested