English

‘लभ अफेयरको कुरा छोडौँ, केटीसँग बोल्न पनि लजाउँथें’ (भिडियो पनि)



भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय विद्यालयबाट २०६८ सालमा एसएलसी (एसईई) दिएको थिएँ । पहिलो श्रेणीमा उत्तीर्ण भएकोले खुसी नै थिएँ । त्यो समयमा राम्रो अंक ल्याएमा विज्ञान विषय पढ्नुपर्ने समाज र घरपरिवारको दबाब नै हुन्यो । तर, मलाई कुनै किसिमको दबाब थिएन । घरकाले जुनसुकै विषय पढे पनि राम्रो पढ्नुपर्छ भन्नुहुन्थ्यो ।

स्कुलमा व्यवस्थापन विषय नपढे पनि प्लस टुमा सोही विषय पढ्न मन लाग्यो ।

एसएलसीपछि काठमाडौंको कुमारीपाटीस्थित ओमेगा इन्टरनेसनल कलेजमा होटेल र टुरिजम विषयमा प्लसटु भर्ना भएँ ।

प्लस टु पढ्दा बाहिर गएर रमाइलो गर्नुभन्दा कलेजमै साथीहरूसँग रमाइलो गरियो । साथीभाइ घुम्न गए पनि म जाँदिनथिएँ । स्कुल पढ्दा धेरैपल्ट वनभोज गइयो, तर कलेज पढ्दा कतै गइनँ ।

प्लस टु पढ्दा मेरो केटा साथीहरू मात्रै थिएँ । केटीहरूसँग संगत थिएन, लाज लाग्थ्यो, लभ अफेयर पर्ने कुरै भएन नि । कुनै निश्चित खाजा खानुपर्छ भन्ने नै थिएन । साथीहरूसँग एकै पटक धेरै खाजा मगाएर खाँदाको पल याद आउँछ । त्यतिबेला, बच्चाहरूलाई ट्युसन पढाउँथें । पढाइअनुसार नतिजा पनि आयो ।

स्नातक तहमा आफैँ बुझ्ने भइसकेको थिएँ । यस समयमा भने साथी भाइहरूसँग रमाइलो गर्दै घुमिएका यादहरू धेरै छन् ।

रविभवनस्थित नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टमा स्नातक तह भर्ना भएँ । यहाँ पढ्दै नेपाल एयरलाइन्समा ६ महिना इन्टर्न गरे । सोही इन्टर्न सकिएपछि काम गरेँ । तर, कोरोना महामारीमा त्यो काम छोडेँ ।

स्नातक तहको पढाइ पनि सकियो । यही समयबाट कमेडीको करियर शुरु भयो । स्नातकोत्तरलाई निन्तरता दिन सकिनँ । अब पढ्ने योजना छ ।


भिडियो :

फोटो/भिडियो : किरण स्याङ्बो/ मेरो लाइफस्टाइल

यो पनि…
र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’
‘कलेजको गेट भित्रबाटै ढुंगा हानियो’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested