English

के गोपाल योञ्जनका चेला हुन् राजेश हमाल ?



राजेश हमाल एक कुशल अभिनेता हुन् भन्ने सबैलाई जगजाहेर नै छ । हमालले अभिनय गरेका अधिकांश फिल्ममा उनलाई ग्रामीण परिवेशको पात्रको रुपमा दर्शकले हेर्दै आएका छन् । यिनै अभिनेता हमालको पहिलो सोलो गायनको गीत ‘गाउँले ठिटो’ यतिबेला युट्युबमा छ ।

विद्यालयमा मेरो संगीतको शिक्षक नै वरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो । कक्षा ६ पढ्ने बेलासम्म उहाँले अगाडी बोलाएर गाउन लगाउनु हुन्थ्यो । तर, कक्षा १० पुग्ने बेलासम्ममा स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोशिस नै गरिनँ । अहिले आएर फेरि गीत गाउने प्रयास गरेको हुँ

राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेता हमाल केही नोस्टाल्जिक बने । उनी आफ्नो गायन यात्रालाई स्कुल परिवेशसँग जोडे ।

उनले आफू वरिष्ठ संगीतकार तथा गायक गोपाल योञ्जनको चेला भएको स्मरण गरे । ‘विद्यालयमा मेरो संगीतको शिक्षक नै वरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो । कक्षा ६ पढ्ने बेलासम्म उहाँले अगाडी बोलाएर गाउन लगाउनु हुन्थ्यो । तर, कक्षा १० पुग्ने बेलासम्ममा स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोशिस नै गरिनँ । अहिले आएर फेरि गीत गाउने प्रयास गरेको हुँ,’ उनले भने ।

गीतकार गोविन्द भट्टको शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभूषामा  देखिएका छन् । हमालका अनुसार यो गीतका लागि उनले करिब तीन महिनासम्म तयारी गर्नुपरेको थियो । ‘नेपाल र नेपालीको कथा झल्किने गीतमा गाउने र अभिनय गर्ने चाहना थियो । मैले जीवनमा हलो जोतेको अनुभव लिएको छैन । मैले जति पनि फिल्ममा अभिनय गरेको छु, ती सबैमा म कलाकार बनेर आम नेपालीहरुले अपनाउने जीवन शैलीलाई नै उतारेको छ ।’ उनले भने ।

देवेन्द्र पाण्डे निर्देशित भिडियोमा रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेको कथालाई देखाइएको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एसके दाहाल लगायतको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोका सम्पादक विकास दाहाल हुन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।