English

भैँसी पालेर नामसँगै दाम कमाउँदै



धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका युवालाई दाङकी एक महिलाले गतिलो सन्देश दिएकी छिन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४३ वर्षीया वकी डाँगी व्यावसायिक भैँसीपालन थालेका छिन् । भैँसीपालन व्यावसाय सुरु गरेकी उनी अहिले नामसँगै दाम कमाउँदै आएकी हुन् ।

व्यावसायिक भैँसीपालनबाट राम्रो आम्दानी गर्दै आएकी उनीसँग अहिले जिल्लाका अन्य पशुपालक किसानले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् । छोटो समयमा एक सफल महिला उद्यमीका रूपमा आफूलाई चिनाउन सफल भएकी डाँगी विगत आठ वर्षदेखि व्यवसायिक भैंसीपालनमा रमाउँदै आएकी छिन् । उनीसँगै घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छन् । अहिले उनले आफ्नो भौंसीफार्ममा दुई जनालाई रोजगारीसमेत दिएकी छिन् ।

पशुपालन पेशाबाट सन्तुष्ट भएकी डाँगी भन्छिन्, ‘यो पेशाबाट वार्षिक करिब सात लाख बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।’ उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि सुरु हुन्छ । प्रायःभैँसीका पाडापाडीको स्याहारसुसारमा उनी धेरै व्यस्त देखिन्छिन् ।

परम्परागत रूपमा खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फार्म दर्ता गरी व्यावसायिकरूपमा नै भैँसीपालनको सुरुआत गरिएको बताइन् । उनले भनिन्, ‘सुरुमा एक लाखमा एक उन्नत जातको भैँसी खरिद गरी व्यवसाय गरेका हौँ । अहिले भने फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।’

तीमध्ये १० वटा दुहुना रहेका छन् । ती भैँसीले दैनिकरूपमा ८० देखि ९० लिटर दूध दिने गरेको र उक्त दूधलाई तुलसीपुर बजारमा आफैंले डेरी उद्योग सञ्चालन गरी बिक्री गर्ने गरेको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लग्ने गरेको उनले बताइन् ।

डाँगीको फार्ममा अहिलेसम्म २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ । कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागिसमेत मानिस आउने गरेका छन् ।

कोरोना महामारीमा आफूले उत्पादन गरेको दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भए पनि अहिले भने बजारको कुनै समस्या नरहेको उनको भनाइ छ । ‘विगत छ महिनायता आफैंले डेरी उद्योग पनि सञ्चालन गरेका छौँ, अहिले आम्दानी राम्रो छ,’ उनले भनिन् । दाङमा अहिले दूधको खुद्रा मूल्य ८० र दहीको ९० प्रतिलिटर रहेको र आगामी चैत १ गतेदेखि भने सो मूल्यमा १० वृद्धि हुने यसअघि नै निर्धारण भइसकेको छ ।

गत मंगलबार डाँगीको भैँसी फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौराका ४३ वर्षीया राधा पाण्डेले आफ्नै घर आँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताइन् । उनले भनिन्, ‘यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ ।’

डाँगीको फार्ममा अहिलेसम्म २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ । डाँगीले भनिन्, ‘आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष कम्तीमा पनि सात लाख बचत गर्न सफल भएका हौँ । यसपटक डेरी पनि सञ्चालन गरेकाले त्यो बचत रकम बढ्ने अपेक्षा लिएकी छु ।’

घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उनको भनाइ छ । ‘अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरू आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन’, उनले भनिन् ।

कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागिसमेत मानिस आउने गरेका छन् । ‘पढेलेखेका युवा पैसा कमाउनकै लागि जागिर खानैपर्छ वा विदेश नै जानुपर्छ भन्ने छैन’, उनले भनिन् । पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने उनको भनाइ छ ।

राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरूपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने धारणा उनको छ । त्यस्तै उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्नसकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उनको सुझाव छ । सांकेतिक तस्बिर ।

यो पनि…
गोलभेँडा खेतीले आत्मनिर्भर

जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा
दुबोधागो बनाउने पेसाले जीविका धानिदै



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested