आज कुन तरकारीको मूल्य कति ? [सूचीसहित]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज फागुन २८ गते शनिबार एक किलोग्राम कागतीको मूल्य १९० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ४४ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २५ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ४९ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २२ रूपैयाँ ५० पैसा तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य २० रूपैयाँ, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला १२ रूपैयाँ ५० पैसा, भन्टा ५६ रूपैयाँ ६७ पैसा, मटरकोशा ५५ रूपैयाँ तोकिएको छ ।
त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १२५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २१० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ ।
यो पनि…
बोटलर्स नेपालविरुद्ध कर छली मुद्दा
संघीयता बलियो बनाउने आधार : उत्पादन र उद्यमशीलतामा प्रदेशको लगानी
रसुवागढी नाकाबाट आयात बढाउन चीननेपाल सहमत