English

ट्राफिक र विमानबाट निस्किने आवाज मुटुका लागि खतरनाक !



ध्वनि प्रदूषणले पनि हृदयलाई घात पुर्याउँछ । तीव्र गतिले निस्किएको स्वरले हार्टमा समस्या ल्याइरहेको छ । यूरोपियन हार्ट जर्नलमा पब्लिश रिसर्चमा लामो समयसम्म ट्राफिकले निकाल्ने आवाज सुनियो भनेँ हृदय रोगको शिकार बनिन्छ ।

५०० मानिसमा ५ वर्षसम्म भयो अध्ययन

ट्राफिक र हवाई जहाजबाट निस्किएको आवाजबाट हुने असर पत्ता लगाउनका लागि सडक र एयरपोर्टको नजिक रहेका मानिसमा ५ वर्षसम्म रिसर्च भएको छ । रिसर्चमा ५०० जनालाई सहभागी गराइएको थियो । शोधकर्ताहरुले यसमा औसतमा २४ घण्टामा स्वरको स्तर ५ डेसिबल बढाउँदा हार्ट अट्याक र स्ट्रोकको खतरा ३५ प्रतिशतले बढेको पाइएको हो ।

यस्तो किन हुन्छ ?

रिसर्चमा सामेल मानिसलाई यसले के असर गरिरहेको छ ? यो पत्ता लगाउनका लागि उनीहरुको ब्रेन स्क्यानिङ गरिएको थियो । रिपोर्टमा आवाज बढाएका कारण उनीहरुको ब्रेनको तनाव, दुख र डरलाई कन्ट्रोल गर्ने भागमा असर गरेको पाइयो । जब तनाव र दुख बढ्छ तब शरीर त्योसँग लड्नको लागि एड्रिनेलिन र कार्टिसोल जस्ता स्ट्रेस हर्मोन रिलीज गर्दछ । तनाव र दुखको स्थितीमा ब्लड प्रेशर बढ्छ । पाचन क्षमता कम हुन्छ, शरीरमा फ्याट र सुगरको सर्कुलेशन तीव्र हुन्छ, यसको असर हार्टमा पर्दछ । ध्वनी प्रदूषणले निन्द्रालाई पनि असर गर्दछ ।

यति चाहिन्छ ध्वनि

ध्वनि अर्थात् साउण्डलाई डेसिबलमा मापन गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ५५ डेसिबल भन्दा धेरै ध्वनिको स्तर आवाज पैदा गर्दछ र स्वास्थ्यलाई नोक्शान पुर्याउँछ । कार र ट्रकबाट करिव ७० देखि ९० डेसिबल आवाज निस्किन्छ । त्यस्तै साइरन, हवाई जहाजबाट १२० डेसिबल भन्दा धेरै ध्वनि प्रदूषण हुन्छ ।



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ