English

रूसले आक्रमण गर्‍यो युक्रेनका यी शहर



रूसी सेनाले शुक्रबार युक्रेनको दुई फरक दिशामा रहेका शहरमा आक्रमण गरेको छ । युक्रेनी सञ्चारमाध्यमहरूले उत्तर–पश्चिममा रहेको लुट्स र मध्य–पूर्वमा रहेको नीप्रो शहरमा विस्फोटहरू भएको बताएका छन् ।

बीबीसीका अनुसार यी दुवै शहरमा यसअघि आक्रमण भएको थिएन । लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ ।

लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन् । उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन् । नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ । नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ ।

यसैबीच रूसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी शहर इभानो–फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन् । इभानो–फ्रान्किभिस्कका नगरप्रमुखले फेसबुक पोस्टमा आक्रमणको पुष्टि गरेका छन् । उनले शत्रूले हमला गरेको लेखेका छन् ।

यो पनि…
युक्रेनको बाल अस्पताल ध्वस्त

‘पुटिन आक्रोशित र हताश छन्’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested