English

बोटलर्स नेपालविरुद्ध कर छली मुद्दा

७ अर्ब ४३ करोड बिगो दाबी


झन्डै चार अर्ब कर छली गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ ।

राजस्व अनुसन्धान विभागले ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ राजस्व छली गरेको अभियोगमा आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

कोकाकोला साब्को र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटिडको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ३ हजार ८ सय ८३ थियो ।

सोमा कोकाकोला साब्कोको प्रतिकित्ता सेयर खरिद मूल्य ५ सय ३६ लाई लागतको रूपमा घटाउँदा हुन आउने रकम ३ हजार ३ सय ४७ प्रतिकित्ता पुँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।

सोही आधारमा कोकाकोला साब्को एसियाको बोटलर्स नेपालमा रहेको सेयर संख्या १४ लाख ८४ हजार ३ सय १ को बिक्रीबापत जम्मा चार अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४ सय ४७ पुँजीगत लाभ कायम हुने विभागले जनाएको छ ।

राजस्व चुहावट–अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ को उपदफा ‘छ’ को १ बमोजिम बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेड, कम्पनीका सञ्चालक समितिमा रहेका रहेका संयुक्त अरब इमिरेट्सको दुबईस्थित कम्पनी ‘कोकाकोला साउथ वेस्ट होल्डिङ लिमिटेड’को कोकाकोला साब्को एसियाको तर्फबाट प्रतिनिधित्व गर्ने चेयरम्यान शुक्ला वासन लगायतका १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले उनीहरूविरुद्ध ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ बिगो र सजायको मागदाबी गरेको छ । साथै, अधिकारीहरूलाई समेत राजस्व चुहावट –अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४ को ‘९’ र दफा २३ को ३ को कसुरमा ऐनको दफा २३ को ३ बमोजिम सजाय हुन मागदाबीसहित अभियोगपत्र दायर गरेको छ ।

राजस्व अनुसन्धान विभागको विज्ञप्ति 

यो पनि…
संघीयता बलियो बनाउने आधार : उत्पादन र उद्यमशीलतामा प्रदेशको लगानी
रसुवागढी नाकाबाट आयात बढाउन चीननेपाल सहमत



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested