English

सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग



वी विल राइज फाउन्डेसनले गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङलाई दुई हजार थान ‘कोरोना र्यापिड टेस्ट किट’ हस्तान्तरण गरेको छ । प्रतिगोटा हङकङ डलर ५० पर्ने करिब १६ लाख नेपाली रुपैयाँको उक्त टेस्ट किट एनआरएनएले नेपाली समुदायलाई वितरण गर्नेछ ।

हङकङस्थित एनआरएनए कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा फाउन्डेसनका निर्देशक सुरज गुरुङले एनआरएनएनए, हङकङका अध्यक्ष गोकर्ण ढकाललाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

हङकङ तेक्वान्दो एसोसिएनका अध्यक्ष एन्थोनी सेक होङ चुङको सहयोग र फाउन्डेसनको पहलमा उक्त किट प्राप्त भएको हो । प्राप्त किट आइतबारबाट वितरण गरिने अध्यक्ष ढकालले बताए ।

किट अत्यावश्यक भएका व्यक्तिले एनआरएनए, हङकङको ह्वाट्सएप हटलाइन ००८५२–९१९६९११७ मा मेसेज गर्नुपर्ने जनाइएको छ । प्रतिपरिवारले चार वटाका दरले किट प्राप्त गर्नेछन् ।

यसअघि, पनि एनआरएनएले २२ सय थान टेस्ट किट नेपाली समुदायलाई वितरण गरेको निवर्तमान अध्यक्ष टिका गुरुङले बताइन् । व्यापक कोरोना कहरका कारण यतिबेला किटको अत्यधिक माग रहेको उनले जनाइन् ।

कोरोना महामारीले आक्रान्त हङकङमा पछिल्लो समय ५ लाख ७६ हजार संक्रमित पुगेका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ५० पुगेको छ । कोरोना महामारीको पीडादायी अवस्थाबाट ग्रुजिरहेको हङकङका नेपाली समुदायलाई यसबाट सचेत रहन सहयोग पुगोस् भन्ने हेतुका साथ पहल गरिएको फाउन्डेसनका संस्थापक अध्यक्ष तुलसी गुरुङले बताए ।

गतवर्ष भदौमा कोरोना कहरका बीच फाउन्डेसनले नेपाल सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोगस्वरूप हस्तान्तरण गरेको थियो । हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वी विल राइजको सहकार्यमा करिब ५० लाख रुपैयाँ बराबरको उक्त सामग्री प्रदान गरिएको हो ।

२०७२ को महाभूकम्पपछि स्थापित फाउन्डेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सिन्धुपाल्चोकको कर्थलीमा भूकम्पले ध्वस्त पारेका घर र विद्यालयको पुनर्निर्माण गर्दै सामाजिक कार्यको प्रारम्भ गरेको यो संस्थाले पर्यटन प्रवद्र्धनका निम्ति देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको छ । ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज, हङकङ र बेलायतमा हुने ‘हाइक फर नेपाल’ लगायतका कार्यक्रम पनि फाउन्डेसनले नै आयोजना गरेको थियो ।

तस्बिरहरू : जगत अम्बु गुरुङ/हङकङ

यो पनि…
सगरमाथा चढ्न वि विल राइजद्वारा आङरिताका नातिलाई आर्थिक सहयोग
राइज मिडियाका अध्यक्ष गुरुङ ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्