English

साउथ फिल्म हुँदै महेश बाबु बलिउडमा प्रवेश



निर्देशक एसएस राजामौलीले पछिल्लो समय फिल्म ‘आरआरआर’ प्रदर्शनमा व्यस्त छन् । कोरोनाभाइरसको महामारीका कारण पटक पटक डेट सारिएको फिल्म अन्ततः यही मार्चमा प्रदर्शन हुँदै छ ।

यसैले गर्दा पनि उनको व्यस्तता बढेको छ । निर्देशक राजमौलीसँगै जुनियर एनटिआर र राम चरणको अभिनय रहेकाले पनि फिल्म प्रतिक्षित छ । यसपछि निर्देशक राजामौलीले के गर्नेछन् त ? यो जिज्ञाषा दर्शकसँगै फिल्मकर्मी माझ पनि उत्तिकै छ ।

’आरआरआर’ प्रमोसनकै क्रममा उनले अब के गर्दै ? भन्ने प्रश्नको सामना गरिरहेका छन् । यसैबीच उनले साउथका अर्का स्टार महेश बाबुसँग काम गर्न लागेको चर्चा बढेको छ । यसै फिल्ममार्फत महेश बाबुको बलिउड इन्ट्री हुने चर्चा समेत बढेको छ । प्रभास पश्चात बलिउड प्रवेश गर्ने लिस्टमा महेश बाबु रहेको चर्चा बि–टाउनमा छ ।

अल्लु अर्जुन, यश, रवि तेजा लगायतको फिल्म हिन्दीमा डबिङ भएर प्रदर्शन भइरहेको छ । प्रभासले ’साहो’ हिन्दीमै तयार गरेका थिए । साउथ इन्डियन फिल्महरू मार्फत बलिउडका दर्शकमाझ पनि राम्रो फ्यान फलोईङ बनाएका महेश बाबुको निर्माण समेत फिल्ममा रहनेछ । ‘बिग बजेट’ फिल्म ऐतिहासिक कथावस्तुमा आधुनिक विषयवस्तुमा केन्द्रीत रहने चर्चा समेत बढेको छ । निर्देशक राजामौली र महेश बाबुले यसबारेमा औपचारिक जानकारी भने दिएका छैनन् ।

यो पनि…
खगेन्द्र भन्छन्– ‘नाटकलाई फिल्ममा उतार्नु मेरो सपना हो’
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको