यौनकै विषयमा पार्टनरबीच झगडा
सेक्सको कुरा गर्दा यो विषय सधैं विवादास्पद रहने एउटा कुरा हो, रिलेसनसिपमा महिला वा पुरुष कसको यौन इच्छा बढी हुने गर्दछ ? यो प्रश्नको उत्तरका रूपमा आमधारणा पुरुषको काम वासना अधिक हुन्छ भन्ने छ ।
पुरुषमा यौन चाहना बढी प्रबल रहने आम मान्यता छ । तर हालै गरिएको एउटा अध्ययनले यसप्रकारको मान्यतालाई गलत सावित गरिदिएको छ ।
अनलाइन डिल प्रोभाइडर कम्पनी भाउचर कोड्स प्रोले गरेको अध्ययनमा पुरुष पार्टनरको तुलनामा महिलाहरूमा सेक्सप्रति झुकाव बढी हुने खुलासा गरेको छ ।
यो सर्भे युकेमा गरिएको थियो । जसमा १८ वर्षभन्दा माथि उमेर समूहका २ हजार ३ सय ८३ जनालाई सहभागी गराइएको थियो ।
सर्भेको नतिजाअनुसार ५९ प्रतिशत महिलाले आफ्नो पार्टनरको तुलनामा बढी सेक्स गर्ने इच्छा व्यक्त गरेका थिए, जसमा पुरुषको प्रतिशत ४१ थियो । यो सर्भेमा कयौँ अन्य खुलासा पनि भएको छ ।
जसअनुसार करिब २१ प्रतिशत जोडीले यो कुरा स्वीकार गरे कि उनीहरूको पछिल्लो यौन जीवनका कारणबाट सेक्सका क्रममा आफ्नो पार्टनरसँग उनीहरूको झगडा भएको पनि बताएका थिए ।
यो पनि…
यस्ता काम गरे परिन्छ सरकारी कारबाहीमा
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा ३० बढी राष्ट्र सहभागी