English

पशुपतिकै वृद्धाश्रम असुरक्षित, सम्बन्धित निकायलाई छैन चासो (भिडियो पनि)

जीर्ण भइसकेको वृद्धाश्रम न कतै सारिन्छ न त पुनर्निर्माणमै तदारूकता देखिन्छ


आराध्यदेव पशुपतिनाथ मन्दिरकोे दक्षिणतर्फ एउटा वृद्धाश्रम छ । जसलाई पशुपति वृद्धाश्रम नामले चिनिन्छ । जहाँ बस्छन्, ९९ जना वृद्धवृद्धा । तर, सधैँ त्रासमा । भवन कतिबेला ढल्छ टुङ्गो छैन । त्यसो त उनीहरू दिनरात डरमै बिताइरहेका छन्, यद्यपि, सम्बन्धित निकाय भने मौन छ ।

विसं १९३८ मा पञ्चदेवलको रूपमा निर्मित यो भवन २०३४ देखि वृद्धाश्रमको नाममा सञ्चालनमा आएको हो । २०७२ को महाभूकम्पले जीर्ण यो भवनको अझै पुनर्निर्माण हुन सकेको छैन ।

वृद्धाश्रम जीर्ण बनेको भन्दै संसदको विकास तथा प्रविधि समितिले नयाँ ठाउँमा सार्न तीन वर्षअघि नै सरकारलाई निर्देशन दिएको थियो । तैपनि, सारिएको छैन नत यहाँका संरचनाको पुनर्निर्माण नै गरिएका छन् ।

ओमप्रसाद पाण्डे
प्रमुख, पशुपति वृद्धाश्रम कार्यालय

अहिले आश्रममा वृद्धवृद्धाको संख्या धेरै कम छ, २ सय ३० जनाको क्षमता भएको भए पनि ९९ जना मात्र हुनुहुन्छ सँगै रहेको अर्को जीर्ण भवन कतिबेला ढल्छ टुंगो छैन ।

भूकम्पले क्षतिग्रस्त भएको संरचनाहरू पुनर्निर्माण गरिदिन भन्दै वृद्धाआश्रमले पशुपति क्षेत्र विकास कोषलाई नगुहारेको पनि होइन । तर, कोषले ती वृद्धवृद्धाको गुहारलाई सुनेन, वा सुन्ने प्रयत्न गरेन ।

‘पत्राचार गरेको एक वर्ष बित्न लागिसक्दा पनि कोषबाट कुनै जवाफ आएको छैन,’ पशुपति वृद्धाश्रमका कार्यालय प्रमुख ओमप्रसाद पाण्डे भन्छन्, ‘अहिले आश्रममा वृद्धवृद्धाको संख्या धेरै कम छ, २ सय ३० जनाको क्षमता भएको भए पनि ९९ जना मात्र हुनुहुन्छ सँगै रहेको अर्को जीर्ण भवन कतिबेला ढल्छ टुंगो छैन ।’

पञ्चदेवल जीर्ण भएका कारण वृद्धवृद्धालाई त्यस क्षेत्रमा जान रोक लगाएको र क्षतिग्रस्त भवनबाट कार्यालय र वृद्धवृद्धालाई अस्थायी भवनमा राखिएको पाण्डे बताउँछन् । ‘भवन क्षतिग्रस्त भएकोले जस्तापाताले बारेर कार्यालय र अस्थायी टहरा बनाएर बसेको ६ वर्ष बित्यो,’ उनले भने, ‘अहिले वृद्धवृद्धा बसेको भवनमा पनि भूकम्पले क्षति पुर्याएको छ भने सँगैको भवन पूर्ण जीर्ण छ त्यसलाई न पन्छाइएको छ न पुननिर्माण सुरू गरिएको छ ।’ त्यसैले, वृद्धवृद्धाहरू त्रासमा बाँचिरहेको पाण्डे सुनाउँछन् ।

पुनर्निर्माणको काम भइरहेको छ, तर समाप्त भइसकेको छैन । पशुपति परिसरले ठूलो क्षेत्र ओगटेकाले पुनर्निर्माणको कार्यमा समय लागेको हो ।

रेवतीरमण अधिकारी
प्रवक्ता, पशुपति क्षेत्र विकास कोष

यता कोष भने पशुपति परिसरमा पुनर्निर्माणको काम भइरहेको बताउँछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी भन्छन्, ‘पुनर्निर्माणको काम भइरहेको छ, तर समाप्त भइसकेको छैन । पशुपति परिसरले ठूलो क्षेत्र ओगटेकाले पुनर्निर्माणको कार्यमा समय लागेको हो ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम लगभग सकिएको भन्दै बाँकी काम सक्न सहरी विकास मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।

काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा परेका सम्पदाहरूको पुनर्निर्माणको काम लगभग सकिएको हुनाले बाँकी काम सम्बन्धित निकायलाई सुम्पिएको प्राधिकरणका पूर्व प्रवक्ता भगवान अर्याल बताउँछन् ।

यद्यपि, पशुपति वृद्धाश्रममा भने कसैको पनि ध्यान पुग्न सकेको छैन ।

भिडियो :

फोटो/भिडियो : किरण स्याङ्बो/ मेरो लाइफस्टाइल

यो पनि…
कानुनले घटायो वृद्धाआश्रममा ज्येष्ठ नागरिक
पशुपतिनाथ योगिका योगी महायोगी



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।