काउलीको मूल्य २२ रूपैयाँ, अन्य तरकारीको कति ? [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज फागुन २६ गते बिहीबार एक किलोग्राम कागतीको मूल्य १९३ रूपैयाँ ३३ पैसा तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ५६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २५ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ४८ रूपैयाँ ८० पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २२ रूपैयाँ ५० पैसा तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य २२ रूपैयाँ, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला १७ रूपैयाँ ५० पैसा, भन्टा ७६ रूपैयाँ ६७ पैसा, मटरकोशा ५५ रूपैयाँ तोकिएको छ ।
त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १२५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १४५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १३५ रूपैयाँ तोकिएको छ ।
यो पनि…
यी हुन् सुखी जीवनका सूत्र
जीवनमा अशान्ति हुँदा के गर्ने ?