English

यी हुन् सुखी जीवनका सूत्र



महाभारतमा कौरव-पाण्डवको कथाबाट जीवनलाई सुखी र सफल बनाउने स्रोत बताइन्छ । महाभारतमा विदुर र धृतराष्ट्र बीचको संवाद छ जसलाई विदुर नीति भनिन्छ । जीवनमा यी नीतिहरू लागू गर्नाले हाम्रा धेरै समस्याहरू समाप्त हुन सक्छन् ।

सम्पत्ति, स्वास्थ्य, सन्तानको आज्ञापालन, जीवनसाथीलाई बुझ्ने र धन आर्जनमा सहयोग गर्ने ज्ञान, जसको जीवनमा यी पाँच चिज हुन्छ, उसको जीवन सधैं सुखी हुन्छ ।

सम्पत्ति पर्याप्त भएमा हामी आफ्नो आवश्यकता पूरा गर्न सक्षम हुनेछौं र खराब समयमा पैसाको कारण धेरै समस्याहरू समाधान गर्न सकिन्छ ।

सम्पत्ति छ तर स्वास्थ्य राम्रो छैन भने त्यसको सुख ठीकसँग लिन सकिँदैन । त्यसैले राम्रो स्वास्थ्य पनि महत्त्वपूर्ण छ । सन्तान छ र नमान्ने हो भने परिवारमा समस्या हुन्छ । सन्तान आज्ञाकारी भए घरमा सुख शान्ति कायम रहन्छ ।

जसको जीवनसाथी खराब समयमा पनि सँगै रहन्छ उनिहरूले अप्ठ्यारोलाई सजिलै पार गर्न सक्छन् । यदि हामीसँग पैसा कमाउने कुनै सीप, कला वा शिक्षा छ भने जीवनको लागि आवश्यक चीजहरू जुनसुकै अवस्थामा र जुनसुकै ठाउँमा प्राप्त गर्न सक्छौं । यी पाँच कुराका साथसाथै धैर्य पनि गर्नुपर्छ । परिस्थिति जस्तोसुकै किन नहोस् हतार गर्नु हुँदैन नत्र स्थिति झन् बिग्रन सक्छ ।

विदुरसँग सम्बन्धित

विदुर एक दासीका छोरा र कौरवहरूका मुख्यमन्त्री थिए । उनी धर्मराजको अवतार मानिन्छन् र महाभारतका महान् पात्रहरूमध्ये एक थिए । दासीको छोरो भए पनि महाभारतमा विदुरको भूमिका महत्त्वपूर्ण छ ।

विदुरले समय-समयमा धृतराष्ट्रलाई गलत काम गर्नबाट रोक्ने प्रयास गरेका थिए तर धृतराष्ट्रले उनको कुरा सुनेनन् । विदुरले पाण्डवहरूलाई यस्ता धेरै नीतिहरू सुनाएका थिए, जसलाई अपनाएर उनीहरू धेरै दुःखबाट मुक्त भएका थिए । विदुरले विदुर नीति नामक ग्रन्थ लेखे ।
यो पनि…
गहिरो निद्राका लागि के-के खाने ?
हिँडाइ उत्कृष्ट व्यायाम



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested