English

जीवनमा अशान्ति हुँदा के गर्ने ?



सनत कुमारले धेरै राम्रो कथा सुनाउँथे । एकदिन वेद सम्पादन गर्ने महर्षि वेदव्यासले सनत कुमारलाई सोधे, ‘मानिसको जीवनमा अशान्ति आइपुग्दा के गर्ने ?’ सनत कुमारले भने– व्यास जी, मानिसको अशान्तिको मुख्य कारण प्रकृतिबाट टाढा हुनु हो ।

मेरो व्यक्तिगत अनुभवबाट म भन्छु कि यदि मानिसले पाँचवटा काम गर्छ भने उसलाई कहिल्यै विचलित हुन सक्दैन । पहिलो काम पानी दान गर्नु हो । खाँचोमा परेका जनतालाई पानी उपलब्ध गराउनुपर्छ । दोस्रो काम भनेको जलाशय, पोखरी निर्माण गर्नु हो । यदि मानिस सक्षम छ भने उसले पानीको पोखरी बनाउनुपर्छ । यसले पृथ्वीको तिर्खा मेट्छ र प्रकृतिमा हरियाली बढ्छ ।

तेस्रो काम रुख रोप्ने हो । बिरुवा रोप्ने मानिस प्रकृतिसँग पनि जोडिएको हुन्छ । चौथो कुरा सधैं सत्य बोल्नुहोस् । कहिल्यै झुट नबोल्ने प्रयास गर्नुहोस् । जति सत्य बोल्छौ त्यति नै मन शान्त रहन्छ किनकी सत्य बोल्ने मान्छेले कहिले के बोलेको थियो त्यो याद गर्नु पर्दैन । पाँचौं काम जीवनमा अनुशासन कायम राख्नु हो ।

व्यास जीले यी कुरा सुनेर भने, ‘यदि कुनै व्यक्तिले यी ५ काम गर्छ भने प्रकृतिसँग जोडिन्छ ?’ सनत कुमारले भने– हो, यी पाँच कामले मानिसलाई प्रकृतिसँग जोड्छन् । मानिस व्यापार, जागिर वा कुनै काम होस्, उसलाई बाधा पर्दैन ।

सन्देश
यदि कसैले पानी बचाउँछ, पानी दान गर्छ, बिरुवा रोप्छ, झुट बोल्दैन र अनुशासित हुन्छ भने उसको जीवनमा सधैं शान्ति रहन्छ ।

यो पनि…
बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?

गहिरो निद्राका लागि के-के खाने ?



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ