English

गर्मी मौसमका लागि फेसन टिप्स



गर्मीको मौसम शुरु भएको छ । चर्काे घाममा सबैले आफ्नो छालामा विशेष ध्यान दिन जरुरी हुन्छ । फेसनको बारेमा कुरा गर्दा कहिलेकाहिँ महिलालाई कसरी सुन्दरता अपनाउने भनेर निर्णय गर्न धेरै गाह्रो हुन्छ । गर्मीमा सुन्दर र स्टाइलिस देखिन यी टिप्सहरूको पालना गर्न सक्नुहुन्छ ।

पहिरन

गर्मीमा शीतल हुने पहिरन मात्र छान्नुपर्छ  । यो मौसममा कटन, मलमल, लेनिन आदिका पहिरन उपयुक्त हुन्छ  । यी पहिरनले स्टाइलिस देखिनुका साथै गर्मीमा शितलता प्रदान पनि गर्छ ।

गहना

गर्मीमा सकेसम्म थोरै गहना लगाउने प्रयास गर्नुहोस् । यदि, गहना लगाउनु छ भने सानो झुम्काहरूको प्रयोग गर्न सक्नुहुन्छ । साथै, गर्मीको समयमा बासलेट, औंठी र धातुका गहनाहरूबाट टाढा रहनुहोस् । यस्ता वस्तुले पसिना ल्याई सुन्दरतालाई बिगार्न सक्छ ।

हेयर स्टाइल

उचित हेयर स्टाइलले मानिसलाई आकर्षक देखाउँछ । कपाललाई राम्रो आकार दिनु, सफा र चम्किलो अनुहार हुनु पनि फेसनवाला व्यक्तिको लक्षण हो ।

चस्मा र ह्याट

सुन्दर आँखामा कालो, खैरो, गुलाबी चस्मा र फरक फरक डिजाइनका ह्याट भए सुन्दरतामा अझ निखार आउँछ । यसका लागि बजारमा ब्रान्डेड कम्पनीका विभिन्न डिजाइनमा चस्मा र ह्याटहरू पाइन्छन् ।

रङ्ग

सेतो सुती, मलमल र लेनिनको पहिरन गर्मीका लागि राम्रो हन्छ ।  गर्मीमा कालो रंगको पहिरन उचित हुँदैन । कालो रंगले बढी गर्मी गराउँछ । बरु यसको सट्टामा नीलो, हरियो तथा हल्का रंगले शीतलता प्रदान गर्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार