English

मोटर-भेहिकल सम्झौताको सात वर्षसम्म पनि किन हुन सकेन कार्यान्वयन ?

चाँडोभन्दा चाँडो एमओयूमा हस्ताक्षर गर्न आवश्यक


भुटान, बंगलादेश, भारत र नेपाल (बीबीआईएन) उपक्षेत्रीय सहयोग संगठनबीच मोटर भेहिकल सम्झौता भएको करिब सात वर्ष बित्न लाग्यो । यो बीचमा यी चार राष्ट्रबीच थुप्रै पटक बैठकहरू भए तर सम्झौता अझै कार्यान्वयनमा आउन सकेको छैन ।

सोमबार र मंगलबार पनि भारतको नयाँदिल्लीमा मोटर भेहिकल सम्झौतामा छलफल गर्न बीबीआईएनको बैठक बसेको थियो । उपलब्धि पुरानै–सम्झौता अघि बढाउन आवश्यक पर्ने पोर्टोकललाई अन्तिम रूप दिन सकिएन ।

बैठकमा नेपालको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले गरेका थिए । भुटान पर्यवेक्षकको रूपमा बैठकमा सहभागी बनेको थियो ।

बीबीआई एन मोटर भेहिकल सम्झौता कार्यान्वयन गर्न आवश्यक पर्ने यात्रु र कार्गो प्रोटोकलबारे छलफल गर्न बैठक आयोजना गरिएको थियो

‘बीबीआई एन मोटर भेहिकल सम्झौता कार्यान्वयन गर्न आवश्यक पर्ने यात्रु र कार्गो प्रोटोकलबारे छलफल गर्न बैठक आयोजना गरिएको थियो,’ भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा सहभागीहरूले सम्झौता कार्यान्वयनका लागि उच्च तहमा गरेका प्रतिबद्धताहरू स्मरण गर्दै चाँडोभन्दा चाँडो एमओयूमा हस्ताक्षर गर्ने इच्छा व्यक्त गरे ।’

बीबीआईएन के हो ?

बीबीआईएन दक्षिण एसियाली उपक्षेत्रीय सहयोग संगठन हो । पाकिस्तानलाई ‘देखाइदिने’ बहानामा भारतको अग्रसरतामा बीबीआईएन गठन भएको हो ।

बीबीआईएनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का चार सदस्य बंगलादेश, भुटान, भारत र नेपाल सदस्य छन् ।

सन् २०१४ को नोभेम्वरमा काठमाडौंमा सार्कको १८औं शिखर सम्मेलन भएको थियो । सो सम्मेलनमा सदस्य राष्ट्रबीच सार्क मोटर भेहिकल सम्झैतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो । यो सम्झौतालाई भारतले विशेष चासो दिएको थियो ।

१८औं सार्क शिखर सम्मेलनको अन्तिम घडिमा सार्कका आठ सदस्यमध्ये पाकिस्तानले मोटर भेहिकल सम्झौतामा हस्ताक्षर गर्न नमानेपछि यो सम्झौता थाँती रहेको थियो ।

त्यसपछि पाकिस्तानलाई एक्लो बनाउने प्रयास स्वरूप भारतको पहलमा बीबीआईएन गठन भएको थियो । १८औं सार्क शिखर सम्मेलन सम्पन्न भएको सात महिना बित्न नपाउँदै बीबीआइन मोटर भेहिकल सम्झैता भएको थियो । यो सम्झौता सन् २०१५ जुन १५ का दिन भुटानको थिम्पुमा भएको थियो । सदस्य राष्ट्रका यातायात मन्त्रीहरूले सम्झाैतामा हस्ताक्षर गरेका थिए ।

सम्झौतामा बंगलादेश, भुटान, भारत र नेपालले एक-अर्काको देशमा कार्गो, यात्रुवाहक, व्यक्तिगत सवारीसाधन खुलारूपमा आवत-जावत गर्न पाउने व्यवस्था गरिएको छ । सम्झौतालाई कार्यान्वयन गर्न सबै सदस्य राष्ट्रको संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान राखिएको थियो ।

किन हुन सकेन कार्यान्वयन ?

सम्झौता नेपाल, भारत र बंगलादेशको संसदबाट अनुमोदन भइसकेको छ, तर भुटानले भने हालसम्म गर्न सकेको छैन । भुटानले सन् २०१६ जुनमा तल्लो सदनबाट दोस्रो प्रयासमा बीबीआईएन मोटर भेहिकल सम्झौता अनुमोदन गरेको थियो ।

सन् २०१६ नोभेम्बरमा भने भुटानको माथिल्लो सदनले उक्त सम्झौतालाई अनुमोदन गरेन । त्यसपछि भुटानले बाँकी तीन सदस्य राष्ट्रलाई सम्झौता अघि बढाउन आग्रह गर्दै आएको छ ।

सम्झौता अनुमोदन गर्न नसकेपछि बीबीआईएनको पछिल्ला बैठकहरूमा भुटान पर्यवेक्षकको रूपमा बस्दै आएको छ । सोमबार र मंगलबार नयाँदिल्लीमा भएको बैठकमा पनि भुटान पर्यवेक्षकको रूपमा रहेको थियो ।

बीबीआईएनबाट भुटान अनौपचारिक रूपमा अलग भए पनि तीन देशले मोटर भेहिकल सम्झौता कार्यान्वयनमा लैजाने प्रयास गर्दै आएका छन् । तर टुङ्गोमा पुर्याउन भने सकेका छैनन् ।

सदस्य राष्ट्रहरुले व्यापार, जनता–जनताको सम्पर्कलाई सहज बनाउन र निर्वाध आवागमनलाई बढावा दिन बीबीआइएन मोटर भेहिकल सम्झौतालाई द्रुत रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ‘

‘सदस्य राष्ट्रहरुले व्यापार, जनता–जनताको सम्पर्कलाई सहज बनाउन र निर्वाध आवागमनलाई बढावा दिन बीबीआइएन मोटर भेहिकल सम्झौतालाई द्रुत रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए,’ भारतको विदेश मन्त्रालय भनेको छ ।

यात्रु र कार्गो प्रोटोकललाई अन्तिम रूप दिई मोटर भेहिकल सम्झौता मार्फत बृहत्तर उपक्षेत्रीय सहयोगलाई बढावा दिइने पनि विज्ञप्तिमा उल्लेख छ ।

यो पनि
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ
तातोपानी र रसुवागढी नाकाबाट आयात अर्बौंको निर्यात शून्य



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन