English

घरमा आउने धुलोबाट यसरी पाउनुहोस् छुटकारा



घरका कुना–कुनामा राखिएका सामानलाई जतिसुकै सफा गरे पनि त्यसमा केही समयपछि हेर्दा फेरि उत्तिकै धुलो जमेको देखिन्छ । धुलोबाट पूर्णरूपमा छुटकारा पाउन गाह्रो भएता पनि केही टिप्सहरूको मद्दतले घरमा रहेका वस्तुहरूलाई यसरी सजिलै सफा राख्न सक्नुहुन्छ ।

झ्यालको सफाइ

झ्याल सबैभन्दा बढी धुलो जम्ने ठाउँ हो । यसको कुनाकाप्चामा थुप्रै धुलो जमेर बसेको हुन्छ । यसलाई सफा गर्दा एउटा चिम्टा लिएर यसको दुवैछेउमा कपडालाई बेर्नुहोस् । फेरि यसलाई तार वा रबरब्यान्डको मद्दतले सुरक्षित तरिकाले झ्यालमा रहेको फोहोरलाई सफा गर्न सक्नुहुन्छ ।

सिलिङ्ग फ्यानको सफाइ

सिलिङ्ग फ्यानको ब्लेडमा जम्मा भएको धुलो र फोहोरलाई भुइँ वा फर्निचरमा झर्न नदिनुहोस् । यस समस्याको समाधान गर्न, पुरानो तकिया कभरको मद्दत लिन सक्नुहुन्छ । तकियाको सहायताले ब्लेडलाई सफा गरी धुलोलाई तकियामै जम्मा गर्नुहोस् । यसो गर्दा फोहोर भुईंमा खस्दैन ।

ल्यापटप वा कम्प्युटर किबोर्डको सफाइ

ग्याजेटलाई हानी नहुने गरी किबोेर्ड कुञ्ञीहरूबीच रहेको फोहोरलाई सफा गर्न बेबी वाइपरहरूको प्रयोग गर्नुहोस् ।

झुमर तथा लाइटको सफाइ

झुमर तथा लाइट धेरै संवेदनशील वस्तुहरू हुन् जसलाई सफा गर्दा ध्यान दिन आवश्यक हुन्छ र झुमर तथा लाइट पुछ्नुअघि मनतातो पानीमा हातलाई भिजाएर हातमा कपडाको पञ्जा लगाउनुहोस् । तर, सफा गर्नुअघि स्वीच अफ गर्न भने नबिर्सिनुहोस् ।

यो पनि…
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका