संघीयता बलियो बनाउने आधार : उत्पादन र उद्यमशीलतामा प्रदेशको लगानी
स्थानीय सरकारसँग समन्वय गरी उद्योगमा लगानी विस्तार गर्नै पर्छ
सन् १९५० को दशकमा दक्षिण कोरियामा भ्रष्टाचार, कुशासन, गरिबी, भोकमरी, अराजकता, कुपोषण मात्रै थिएन, मुलुक नै टुक्रिएर उत्तर र दक्षिणमा विभाजित भएको आलो घाउ पनि थियो । भोकमरीमा परेका दक्षिण कोरियाली नागरिकलाई बचाउन त्यतिवेला नेपालले चामल सहयोग पठाएको थियो ।
सरकार प्रमुखको हैसियतमा सबैभन्दा पहिले कुपोषणमा रहेका आफ्ना नागरिकलाई कुपोषणमुक्त गराउने योजना बनाएका पार्क चुङहीले आफ्नो मुलुक भित्रका जडीबुडीको अध्ययन गरी खाद्यौषधिय गुण भएका जडीबुटी खान सिफारिस गरे । ती खाद्यौषधि, जौ र गहुँ जस्ता अन्नका साथमा खान उनले नागरिकलाई अपिल गरेका थिए ।
कुपोषणमा रहेका कमजोर नागरिकलाई कुपोषणमुक्त गराई बलिया बनाएर श्रममा परिचालन गर्ने योजना अनुसार पार्क चुङहीले पहिलो चरणमा त्यो अभियान चलाएका थिए ।
दोस्रो चरणमा पार्क चुङहीले आफ्नो मुलुकमा रहेका कृषि प्राविधिकलाई किसानसँग मिलेर खाद्यान्न उत्पादन बढाउने, किसानको घर सफा राख्न लगाउने, खानेकुरा सफा गरी खान सिकाउने अभियानमा गाउँ–गाउँमा पठाएका थिए ।
सन् १९७० को दशकमा दक्षिण कोरियाले कृषिजन्य उत्पादनमा आफ्नो मुलुकलाई आत्मनिर्भर बनाई विदेश निर्यात गर्ने अवस्थामा पुर्याएको थियो ।
सन् १९७० को दशकमा दक्षिण कोरियाले कृषिजन्य उत्पादनमा आफ्नो मुलुकलाई आत्मनिर्भर बनाई विदेश निर्यात गर्ने अवस्थामा पुर्याएको थियो । दक्षिण कोरियाको विकासको आधार खडा गरेका पार्क चुङहीले सधैँ सत्तामा रहने महत्त्वाकांक्षा पूरा गर्न संविधान संशोधन गर्न थालेपछि आफ्नै सुरक्षाकर्मीबाट मारिनु परेको थियो ।
दक्षिण कोरियामा श्रम र अध्ययन गरी फर्केको र फर्कने तरखरमा रहेको नेपाली जनशक्तिले त्यो इतिहास थाहा पाएको छ र स्वदेशमा केहि गर्ने चाहना पनि राखेको छ ।
दक्षिण कोरियाको सेमाउल उन्दोङ (नयाँ गाउँ अभियान) का जानकार कोरियाको विश्वविद्यालयमा प्राध्यापन गराउने डा. नवराज पन्तले नेपालमा पनि सेमाउल उन्दोङ अभियान पूर्वी चितवनमा सञ्चालन गरेका छन् ।
आत्रेयराज अत्रेयले २५ सय बर्ष पहिले जुम्लामा कुपोषणबाट मुक्त गराउन नागरिकलाई अश्वगन्धा जस्ता जडीबुटी खान लगाएका थिए । बागलुङको गलकोटे राजपरिवारमा पनि अश्वगन्धाको प्रयोग गरी आफ्ना रजौटालाई बलियो बनाइएको थियो । भारत सरकारको सहयोगमा पतञ्जलि योगपिठले अश्वगन्धाको खाद्य तथा औषधिय गुण पत्ता लगाउँदा आत्रेयराज आत्रेयले २५ सय बर्ष अगाडि प्रयोग गरेको अभ्यास थप प्रमाणित भएको छ ।
आत्रेयराज आत्रेयको संहिता र पतञ्जलि योगपिठले गरेको अनुसन्धानको अध्ययन गरेका डा. बद्री गौतमका अनुसार ओखर,अश्वगन्धा,शिघुर,शिता, कुरिलो र त्रिफला मिश्रण गरी तयार गरिएको षष्ठामृत रसायन पाँचदेखि १० ग्राम दिनमा दुई पटक सेवन गराउँदा खाद्य पोषण पुग्छ ।
आत्रेयराज आत्रेयको संहिता र पतञ्जलि योगपिठले गरेको अनुसन्धानको अध्ययन गरेका डा. बद्री गौतमका अनुसार ओखर,अश्वगन्धा,शिघुर,शिता, कुरिलो र त्रिफला मिश्रण गरी तयार गरिएको षष्ठामृत रसायन पाँचदेखि १० ग्राम दिनमा दुई पटक सेवन गराउँदा खाद्य पोषण पुग्छ ।
न दशकदेखि जडीबुटीको औषधिय गुणका बारेमा अनुसन्धान गर्दै आएका डा. गौतमले अश्वगन्धाका विभिन्न औषधिय गुण मात्र पत्ता लगाएका छैनन्, फरक–फरक औषधिय गुण निकाल्ने गरी खेती पनि गराएका छन् । एक सय ४५ वटा नेपाली जडीबुटीबाट औषधि बनाउने सुत्र पत्ता लगाएका डा.गौतम अहिले संघीय सरकारको ओझेलमा छन् ।
०४८ को निर्वाचनपछि जननेता मदन भण्डारी र जीवराज आश्रितले नेपालका जडीबुटीको औषधीय गुण पत्ता लगाइ त्यसलाई प्रशोधन गर्ने र रोजगारीका अवसर सिर्जना गराउने योजना बनाउन डा. गौतमलाई निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार डा. गौतमले विदेशमा अध्ययन गरी स्वदेश फर्केर योजना पेश गर्ने बेला दुवै नेताको चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भइसकेको थियो । गौतम पूर्व प्रधानमन्त्री झलनाथ खनालका नीजि चिकित्सक पनि हुन् । खनालको नियमित सेवन गर्ने औषधि जडीबुटी निर्मित छन् ।
नेपालका झन्डै पाँच सय औषधिय गुण भएका जडीबुटीका बारेमा जानकारी राख्ने बिपी तिमल्सिनाले काठमाडौंको सिनामंगलमा पाथिभरा आयुर्वेद अस्पताल सञ्चालन गरिरहेका छन् । उनले आफ्नो अस्पतालमा आउने हजारौं बिरामीलाई आफैले पत्ता लगाएका औषधि सेवन गराएर स्वस्थ बनाइरहेका छन् ।
नेपालको राजनीतिक, प्रशासनिक र सुरक्षा क्षेत्रको नेतृत्व गर्ने अधिकांशले तिमल्सिनाले बनाएका औषधि सेवन गरेका छन् । व्यक्तिले गरेको खोजलाई सरकारले वैज्ञानिक रूपमा अनुसन्धान गराई प्रमाणिकरण गराउन सक्छ । यस्तो खोज गर्ने जनशक्तिलाई प्रोत्साहन दिई उनीहरूका खोजलाई वैज्ञानिक अनुसन्धान गर्ने राज्यको जिम्मेवारी पनि हो ।
यो दिशामा संघीय सरकारको मात्रै आँखा ताकेर बस्नु पर्दैन, प्रदेश र स्थानीय सरकारले आफ्नो तर्फबाट पहलकदमी बढाउन सक्छन् । संघ र स्थानीयलाई समन्वय गरेर प्रदेश सरकारले सिर्जनात्मक क्षमता भएका जनशक्ति परिचालन गरी यस्ता पहलकदमी बढाउनु उपयुक्त हुन्छ ।
काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक डा. राजेन्द्र ज्ञवालीले नेपालमा पाउन सकिने जडीबुटीका बारेमा विभिन्न मुलुकमा भएका अध्ययन अनुसन्धान गरी युट्युबमार्फत जानकारी गराएका छन् । ज्ञवालीका अनुसार संसारका ५० प्रतिशत पेट्रोक्यामिकलबाट बन्ने औषधि हर्वलमा आइसकेका छन् भने विकसित मुलुक यसलाई १०० प्रतिशत बनाउने गरी काम गरिरहेका छन् ।
ज्ञवालीका अनुसार संसारका ५० प्रतिशत पेट्रोक्यामिकलबाट बन्ने औषधि हर्वलमा आइसकेका छन् भने विकसित मुलुक यसलाई १०० प्रतिशत बनाउने गरी काम गरिरहेका छन् ।
नेपाललाई जडीबुटीको स्वर्ग मानिन्छ । ज्ञवालीका अनुसार नेपालमा वनस्पति भित्रको तत्व पत्ता लगाउन रसायन कारखाना स्थापना गर्न आवश्यक छ । त्यसो भयो भने नेपालमा जडीबुटीको प्रशोधन र अन्तिम उत्पादन गर्न सकिन्छ ।
कच्चापदार्थ बेचेर मुलुक धनी हुँदैन । नेपालको जडीबुटी भारत वा चीनलाई बेचेर भारत वा चीनबाट प्रशोधित औषधि खरिद गर्ने अहिलेको प्रबृत्ति घटाउँदै लैजान नेपाल आफैंले प्रशोधन गर्नुपर्छ । त्यसको लागि नेपालमा रहेको जनशक्तिलाई परिचालन गर्ने नीति योजना चाहिन्छ । नेपालमा उपलब्ध हुन नसकेको ज्ञान र प्रविधि विदेशबाट ल्याउन पनि तयार रहनुपर्छ ।
युरोप र अमेरिकाको ज्ञान र प्रविधि स्वदेशी उत्पादनका लागि सदुपयोग गरेर चीनले आफूलाई धनी बनाएको हो । नेपालका खेतका खलाबाट सस्तोमा धान उठाएर भारतीय व्यापारीले नेपालमा चामल बनाएर महंगोमा बेच्छन् । यो प्रवृत्ति रहुञ्जेल नेपाल र नेपालीलाई गरिब र भारतीय नागरिक र भारतलाई धनी बनाउने काम मात्रै हुन्छ ।
नेपालका खेतका खलाबाट सस्तोमा धान उठाएर भारतीय व्यापारीले नेपालमा चामल बनाएर महंगोमा बेच्छन् । यो प्रवृत्ति रहुञ्जेल नेपाल र नेपालीलाई गरिब र भारतीय नागरिक र भारतलाई धनी बनाउने काम मात्रै हुन्छ ।
नेपालको तराई मधेशमा उत्पादन हुने धान स्वदेशमै प्रशोधन गरी उपभोग गर्ने हो भने पनि अहिलेको आयातको घनत्व घटाउन मद्दत पुग्नेछ ।
नेपालमा खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, वनस्पति विभाग, आयुर्वेद विभाग, नेपाल औषधि लिमिटेड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी र सिंहदरबार वैद्यखाना छन् । तर, ती निकायलाई खाद्यौषधि अनुसन्धान, उत्पादन र प्रशोधनमा जुन रूपमा परिचालित गरिनुपथ्र्यो त्यसरी गराइएको पाइँदैन । ती निकाय परिचालन हुन सक्दैनन् भने प्रादेशिक तहमा नयाँ संरचना बनाएर भएपनि यस क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउन सकिन्थ्यो ।
चीन र भारतमा कोभिड–१९ विरूद्ध लड्न परम्परागत औषधिलाई प्रयोग गरिएको छ । रोगप्रतिरोधात्मक क्षमता बढाउन परम्परागत खाद्यौषधि उपयोगी सिद्ध पनि भएका छन् । नेपालमा पनि जडीबुटीजन्य औषधि सेवन गरी कोभिड बिरूद्धको लडाईं जित्नेहरू प्रशस्त छन् ।
नेपालको आयात अरिव १३ खर्ब रूपियाँ बराबरको छ भने निर्यात एक खर्ब पनि पुगेको छैन । दृढ इच्छाशक्ति हुने हो भने नेपालका जडीबुटी प्रशोधन गरी अन्तराष्ट्रिय मापदण्डको खाद्यौषधि उत्पादन गरेर निर्यात गर्दा विदेशी मुद्रा आर्जन गर्ने आधार तयार हुन सक्छ ।
बेसार, अदुवा, कागती, गुर्जो, अश्वगन्धा, अशुरो, गाँजा, टिमुर, जेठीमधु, चिराइतो, तुलसी, तितेपाती, त्रयमबखर (भेटिभर), कवच जस्ता नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा पाइने सयाैँ जडीबुटीजन्य खाद्यौषधिको कच्चापदार्थ उत्पादन र त्यसको प्रशोधनमा ध्यान दिने हो भने वस्तु निर्यातलाई बढाउन सकिन्छ ।
यस्ता विषयका विशेषज्ञसँगको परामर्शमा बजेट बनाउँदा कोभिड–१९ पछि घटेको विप्रेषणलाई जडीबुटीजन्य खाद्यौषधिले प्रतिस्थापन गराउन सक्छ । बेसार, अदुवा, कागती, गुर्जो, अश्वगन्धा, अशुरो, गाँजा, टिमुर, जेठीमधु, चिराइतो, तुलसी, तितेपाती, त्रयमबखर (भेटिभर), कवच जस्ता नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा पाइने सयाैँ जडीबुटीजन्य खाद्यौषधिको कच्चापदार्थ उत्पादन र त्यसको प्रशोधनमा ध्यान दिने हो भने वस्तु निर्यातलाई बढाउन सकिन्छ ।
कान्तिपुर दैनिकका संस्थापक श्याम गोयन्का नेपालमा भेटिभरको खेतीमा लागेका छन् । काठमाडौंका दुर्गन्धित खोलाका किनारमा भेटिभरका बिरूवा लगाउने हो भने दुर्गन्ध हराउँछ र भेटिभरका जरा र पातलाई उपयोगमा लैजान पनि सकिन्छ । भेटिभरको तेल यूरोप र अमेरिका निर्यात गरेर डलर आम्दानी गर्न सकिन्छ ।
प्रकृतिलाई विनाश गरी तयार गरिएका पूर्वाधारका कारण कुनैपनि बेला कोभिड–१९ जस्ता भाइरस विश्वमा देखा परिरहन्छन् । प्रकृतिको संरक्षण गर्दै रोग प्रतिरोधात्मक क्षमता राख्ने खाद्यौषधिजन्य जडीबुटीको वृक्षारोपण गर्ने, उत्पादन र प्रशोधन गर्ने योजना बनाएर कार्यान्वयन गर्न सक्दा नेपालले वातावरण संरक्षणमा मात्रै योगदान गरेको ठहरिँदैन, मुलुकलाई आत्मनिर्भर बनाउँदै अहिलेको व्यापार घाटालाई सन्तुलनमा राखेर आर्थिक समृद्धि हासिल गर्न सक्छ ।
त्यस्तो खाद्यौषधि जुनसुकै मुलुकका लागि पनि आवश्यक हुन्छन्, जसरी कोभिड–१९ विरूद्ध लडने उपकरण चीनले निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेको छ । गाँजालाई वैधानिकता दिनु पर्ने वकालत गर्ने बिरोध खतिवडा अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । गाजाको औषधिय गुण निकाल्ने नीति बनाउने र प्रविधि भित्र्याउने दिशामा स्वास्थ्यमन्त्री वेखबर रहेको मान्न सकिँदैन ।
नेपालबाट रोजगारीका लागि विदेश जाने जनशक्ति घटेको छ । नेपालको विकासमा यो राम्रो पक्ष हो तर, त्यो जनशक्तिलाई परिचालन गर्ने नीति, योजना र कार्यक्रम संघ, प्रदेश र स्थानीय तहबाट बन्न आवश्यक हुन्छ । नेपालमा वार्षिक पाँच लाख जनशक्ति श्रम बजारमा आउँछ ।
नेपालको कुल जनसंख्याको करिव ६० प्रतिशत जनशक्ति श्रम गर्न सक्ने अवस्थामा छ । विदेशबाट फर्किने जनशक्ति बढी मेहनती छ । त्यो जनशक्तिसँग विदेशमा सिकेको ज्ञान र सीप पनि छ । कच्चापदार्थ उत्पादन गर्ने उर्वरशील जमिन नेपालका हिमाल,पहाड र तराईमा छ । उत्पादित वस्तु विक्रीका लागि नेपाल, भारत, चीन र दक्षिण एसियाको झण्डै तीन अर्ब जनसंख्या उपभोक्ताका रूपमा नजिकै छन् ।
विश्वव्यापीकरणका कारण गुणस्तरीय सामग्री उत्पादन गर्ने बित्तिकै त्यसको बजार जुनसुकै मुलुक हुन सक्छ । उद्यमीले उत्पादन गरेका सामग्री सरकारले खरिद गर्ने, भण्डारण गर्ने र आवश्यकताअनुसार स्वदेश तथा विदेशका उपभोक्तामा वितरण गर्ने जिम्मेवारी सरकारले लिनुपर्छ ।
पार्क चुङहीको जस्तो आँट र साहस, आत्रेयराज अत्रेय, तिमिल्सिना, ज्ञवाली र गौतमजस्ता स्वदेश तथा विदेशमा सयौंको संख्यामा रहेका विज्ञको ज्ञानलाई परिचालन गर्ने गरी योजना बनाउँदा विदेशबाट स्वदेश फर्कने र स्वदेशमा रहेको जनशक्तिलाई रोजगारी उपलब्ध गराउन सकिन्छ ।
युवालाई उद्यमशीलतामा लाग्न प्रोत्साहित गर्न कच्चापदार्थ उत्पादन, प्रशोधन र बजारीकरण गर्न सजिलो गराइदिने एकद्धार प्रणाली र लगानी सरकारले उपलब्ध गराइदिनुपर्छ । स्वदेशमा रहेको र विदेशबाट फर्केको युवा जनशक्तिलाई समायोजन गराएर उद्यमशीलतामा लाग्न प्रेरित गर्ने नीति योजना र कार्यक्रम सरकारले बनाइदिनुपर्छ । उद्यमशीलतामा लाग्ने युवाले हिमाल, पहाड र तराईमा समृद्धिको जग बसाल्नेछन् ।
स्वदेशमा रहेको र विदेशबाट फर्केको युवा जनशक्तिलाई समायोजन गराएर उद्यमशीलतामा लाग्न प्रेरित गर्ने नीति योजना र कार्यक्रम सरकारले बनाइदिनुपर्छ । उद्यमशीलतामा लाग्ने युवाले हिमाल, पहाड र तराईमा समृद्धिको जग बसाल्नेछन् ।
नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन युवाको योगदान महत्वपूर्ण हुनेछ । समाजवाद उन्मुख संविधानको परिकल्पनालाई सार्थक तुल्याउने साधन तिनै युवा हुनेछन् । नेपाली राजनीतिलाई स्थिरतामा लैजान पनि तिनै युवाले योगदान गर्नेछन् । प्रदेशले आफूलाई बलियो बनाउन संघीय सरकारले नदेखेको र स्थानीय सरकारले नसक्ने प्रकृतिका क्षेत्र पहिचान गरी सिर्जनात्मक ढंगले लगानी गर्नुपर्दछ ।
त्यसले मात्र संघीयता र समाजवादलााई हुर्काउने र बलियो बनाउने आधार निर्माण गर्दछ । दृढ इच्छाशक्तिसहित अगाडि बढ्ने हो भने प्रदेश र स्थानीय सरकार मिलेर २१ औं शताब्दीमा समाजवादको मोडल तयार गर्न सक्छन् ।
संविधानमा लेखिएको समाजवाद उन्मुख व्यवस्थालाई व्यवहारिक रूप दिनका लागि संघ, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रूपमा काम गर्नै पर्छ । त्यसका लागि पनि प्रदेशले स्थानीय सरकारसँग समन्वय गरी उत्पादन, उद्यमी र उद्योगमा लगानी बिस्तार गर्नुपर्छ ।
देश सरकारले गर्न नसक्ने लगानीको सुनिश्चित आधार संघीय सरकारले तयार गरिदिनु पर्दछ । त्यो लगानीले रोजगारी सिर्जना गर्नेछ, बेरोजगारी घटाउनेछ । त्यसले मुलुकमा शान्ति कायम गराउन र समृद्धि ल्याउने आधार खडा गर्नेछ । नेपाललाई धनी बनाउने नेपालीले नै हो, विदेशीले होइन ।
यो तथ्यलाई राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी व्यवसायी र आमनागरिकले बुझ्नुपर्छ । सोही अनुसार तन, मन र धन लगाएर काम गर्ने दृढ इच्छाशक्तिसहित अगाडि बढ्न नागरिकलाई पनि उत्प्रेरित गर्नुपर्छ । दक्षिण कोरिया, चीन,सिंगापुर,मलेसियाको विकासका लागि जागरूकता सम्बन्धित मुलुकबाट नै पैदा भएको छ ।
ती मुलुकका अनुभव र ज्ञानलाई नेपाली मौलिकतामा आधारित बनाएर कार्यान्वयन गर्ने दिशामा अग्रसर हुनैपर्छ । अरूको नक्कल गरेर कसैको पनि विकास हुँदैन, विकास गर्न सिर्जनात्मकता र अन्वेषण चाहिन्छ ।
लेखक बागमती प्रदेशका सञ्चार रजिष्ट्रार हुन् ।
यो पनि
तातोपानी र रसुवागढी नाकाबाट आयात अर्बौंको निर्यात शून्य
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ