English

आज मौसम सफा, भोलि चट्याङसहित वर्षाको सम्भावना



हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा अपराह्नपछि एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यो पनि…
तौल बढाउन बिहानको खाजामा खानुहोस् यी खानेकुराहरू
बाल्यकालमा कस्तो थियो बुद्धको स्वभा
व ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

चितवनको सौराहास्थित ढुंग्रे खोलामा बिहिबार दिउँसो डल्फिन देखिएको छ । सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले सौराहाको ढुम्रे र राप्तीको दोभानमा

हङकङमा रहेर लामो समयदेखि पत्रकारिता मार्फत समाजमा योगदान पुर्याएवापत पत्रकार जगत अम्बु गुरुङलाई नेपाली आदिवासी वर्ष पुरुषको उपाधिले सम्मानित गरिएको