English

जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा



बेसीशहर नगरपालिका–२ बोहोराबेसीमा पुष्प व्यावसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म नर्सरीमा काम गर्न भ्याईनभ्याई छ । ‘नर्सरीको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै नर्सरीमा पानी हाल्यो, गोडमेल गर्‍यो, समय बितेको पत्तै हुँदैन,’ उनी भन्छिन् ।

हुमा ८ वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेशाको रुपमा चिनाएकी छन् ।

गुरुङले बेसीशहर–२ बोहोराबेसीमा ६ रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी हुन् । ५० लाख लगानीमा नर्सरी नर्सरीमा फूलका विरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको हुमाले बताइन् ।

ऋणधन गरेर लगानी गरेपनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्ट मिलेको छ । मैले अपेक्षा गरे भन्दा निकै राम्रो व्यापार भएको छ ।

उनले भनिन् ‘ऋणधन गरेर लगानी गरेपनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्ट मिलेको छ । मैले अपेक्षा गरे भन्दा निकै राम्रो व्यापार भएको छ ।’ नर्सरी व्यवसायमा हुमाले दुई जनालाई रोजगारीसमेत दिएकी छन् । नर्सरीमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको हुमाले बताइन् ।

२०७१ सालमा जागिर छोडेर पुष्प व्यवसायमा प्रवेश गरेकी हुुमा गुरुङ ३९ वर्षकी भइन् । बेसीशहर नगरपालिका–२ गैरीस्थित सीप विकास प्रतिष्ठान–गैरीक्याम्पसको प्रवर्द्धन शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् ।

अहिले गुरुङले पुष्प व्यावसायबाटै मासिक डेढ लाख कमाउने गरेको उनी बताउँछिन् । विभिन्न फूल र फलफूलका बिरुवा तयार गर्ने उद्देश्यका साथ सञ्चालित उनको पुष्प नर्सरी व्यवसायले अहिले फड्को मारेको छ । उनले नर्सरीमा बिरुवा तयार पार्नुका साथै फूल खेती पनि गर्दै आएकी छन् ।

तीनवटा ग्रिनहाउस नर्सरीमा सयपत्री, बहुवर्षे जिरानियम, जर्बेरा, पिटुमिया, डायन्थल्स, बेगनवेलिया, गुलाव, धुपी, अशोका, क्रोटन, क्रिसमस ट्रि लगायतका फूलका बिरुवा उत्पादन र बिक्री भइरहेको छ ।

हाईव्रिड जातका कागती, अम्बा, आँप, लिची, एभोकाडो, सुन्तला मुन्तला छन् भने एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका विरुवा नर्सरीबाट बिक्री हुने गरेको गुरुङले बताइन् । नर्सरीबाट बाहमासे २ सयभन्दा बढी प्रजातिका पूmलका विरुवा र विभिन्न प्रजातिका विरुवा बिक्री भएको छ ।

यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यावसायमा अझ उत्साहित बनाएको छ ।

नर्सरीबाट धुपी, अशोका, क्रिसमस ट्रि, सप्लेरिया लगायतका आर्कषक विरुवा, फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी फूलका विरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका विरुवा नर्सरीबाट बिक्री हुने गरेको गुरुङले बताइन् ।

उत्पादित वस्तुले बजार पाउँदा हर्षित आफ्नो नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा उनी निकै खुसी छिन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बताउँछीन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यावसायमा अझ उत्साहित बनाएको छ,’ उनले भनिन् ।

घरको बार्दली तथा बगैंचामा फूल रोप्न जिल्ला बाहिरबाट विरुवा किन्न बाध्य भएका उपभोक्ता जिल्लामै पुष्प नर्सरी स्थापना भएपछि खुसी भएका छन् । नर्सरीमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको पुष्प हुमाले बताइन् ।

यो पनि…
यसरी बन्न सक्छौँ फूलमा आत्मनिर्भर
समय अगावै फूल्यो लालीगुराँस, वातावरणविद् भन्छन्- जलवायु परिवर्तनको असर



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

Latest










Popular
Suggested