English

एसिडिटी तथा पेट फुल्ने समस्याबाट छुटकारा पाउन यसो गर्नुहोस्



स्वास्थ्य समस्यामध्ये एसिडिटी तथा पेट फुल्ने पनि एक प्रमुख समस्या हो । लामो समयसम्म भोकै बस्नु, शारीरिक गतिविधिको कमी र लगातार बढ्दो कामको दबाब र तनावले पाचन प्रणालीमा धेरै नराम्रो असर गर्छ ।

यस्तो अवस्थामा एसिडिटी, पेट दुख्ने र पाचन प्रणालीसँग सम्बन्धित अन्य समस्या पनि बढ्छ । खानाको मात्रा, खानाको प्रकार र खानाको समय यो तीन कुरामा ध्यान नदिँदा यो समस्या निम्तने गर्छ ।

कसरी हुन्छ एसिडिटी ?
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा पेटको पर्खाल सुन्निने कोतरिने र अल्सर हुने सम्भावना हुन्छ । र, पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ ।

त्यसबाहेक, अत्यधिक मात्रामा पिरो, अमिलो तथा मसलेदार खानेकुराको सेवन, चिया, कफी, मदिरा, धूम्रपान आदिको सेवनले पनि एसिडिटी बढ्ने गर्छ ।

एसिडिटी भएमा पेट, छाती तथा घाँटी पोल्ने, अमिलो डकारका साथमा अमिलो पानी आउने । कब्जियत, दिसा पोल्ने, मलद्वारको समस्या जस्तै पाइल्स, फिस्टुला जस्ता रोग लाग्न सक्छ । कहिलेकाहीँ उल्टी हुनसक्छ । अत्यधिक मात्रामा एसिडिटी भएमा अपच, कब्जियत तथा पखाला हुन्छ ।

किन भरिन्छ पेटमा ग्यास ?
-पेटमा ग्यास भरिने समस्या आम समस्या हो । पाचनसम्बन्धी गडबडी भएमा पेटमा ग्यास भरिने गर्छ । पेटमा ग्यास भरिनु कुनै विशेष रोगको लक्षण पनि हुनसक्छ ।

-गलत खानपान तथा अनिद्राका कारण पनि पेटमा ग्यास भरिने गर्छ । तनाव, भय, चिन्ता, अत्यधिक मात्रामा चिया, कफीको सेवन, धूम्रपान, लामो समय खाली पेट रहनु, मसला वा चिल्लो भोजनको सेवनले पनि पेटमा ग्यास भरिने गर्छ ।

-पेटमा ग्यास भरिएमा भोक नलाग्न सक्छ । बरु पेटमा हावा भरिन थाल्छ । दिसा राम्ररी हुँदैन । कब्जियत हुनसक्छ । डकार धेरै आउँछ ।

एसिडिटी तथा ग्यासबाट छुटकारा पाउने घरेलु उपाय
-खानाको मात्रा, खानाको प्रकार र खानाको समय यो तीन कुरामा ध्यान दिइएको भने एसिडिटी तथा ग्यासको समस्या हुँदैन ।

-खाना खाने एउटा रुटिन बनाउनुपर्छ । हामीले खाना खाने समय सधैँ एउटै भयो भने हाम्रो हर्मोनले आफैँ त्यो समयमा पाचन शक्ति बढाउँछ । त्यसैले, खानपानमा समयको एकदमै ख्याल राख्नुपर्ने हुन्छ ।

-समयमा नसुत्ने तथा धेरै तनाव लिने व्यक्तिहरूमा पनि एसिडिटी तथा ग्यासको समस्या हुन्छ । त्यसैले, समयमा सुत्ने तथा समयमा उठ्ने शारीरिक रूपमा सक्रिय हुनुपर्छ ।

-कफी, चिया, जङ्क फुड, बासी तथा चिसो खानाले यो समस्या बढाउँछ, त्यसैले यस्ता खानेकुराको कम सेवन गर्नुपर्छ ।

-खानाको मात्रामा पनि विशेष ध्यान दिनुपर्छ पेटलाई तीन भागमा बाँड्दा एकतिहाइ भागलाई खाली छोड्नुपर्छ । दुईतिहाइ मात्र खानुपर्छ । एकदमै कोचेर खाना खानु हुँदैन ।

-भोक लागेपछि मात्र खानुपर्छ । भोक लागेको छैन भने जबरजस्ती खाना खानु हुँदैन । भोक लाग्नेबित्तिकै केही न केही खाई हाल्नुपर्छ ।

-लक्षण अनुसार औषधिको सेवन गर्नुपर्छ । पेट फुल्ने तथा ग्यासको समस्या छ भने हिङ, ज्वानो पुदिना र वीरेनुन आदिको सेवन उपयोगी हुन्छ ।

-एक चम्चा ज्वानो एक गिलास पानीमा बाबरी वा पुदिनाको पात पनि हालेर उमाल्ने र त्यसमा थोरै बिरे नुनु हालेर सेवन गर्दा ग्यासको लागि एकदमै लाभदायी हुन्छ ।

-पेट पोल्ने तथा एसिडिटीको समस्याको लागि भने जेठीमधु, गुर्जो, अमला आदिको सेवन उपयोगी हुन्छ । जेठीमधु गुर्जो आदिलाई पानीमा पकाएर खान सकिन्छ ।

यो पनि…
बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?
गौतम बुद्धले संसारलाई दिए यी १० सन्देश



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।