फेरि बढ्यो कागतीको मूल्य [सूचीसहित]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन २४ गते मंगलबार एक किलोग्राम कागतीको मूल्य १९३ रूपैयाँ ३३ पैसा तोकिएको छ । यसअघि कागतीको मूल्य १९० थियो ।
त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ५१ रूपैयाँ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २५ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य २५ रूपैयाँ, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला १२ रूपैयाँ ५० पैसा, भन्टा ७५ रूपैयाँ, मटरकोशा ४६ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १२५ रूपैयाँ तोकेको छ ।
एक किलोग्राम सुन्तलाको मूल्य १४५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २१० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १४० रूपैयाँ तोकिएको छ ।



यो पनि…
बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?
गौतम बुद्धले संसारलाई दिए यी १० सन्देश