संसारकै पहिलो रोबोम्यान : आधा मानिस, आधा मेसिन
टेक्नोलोजीमा संसार आज धेरै अघि पुगिसकेको छ । वैज्ञानिक टेक्निकबाट पूर्णरुपमा मानिस त बनाउन सक्दैनन् तर आधा मेसिन र आधा मानिस भने बनाउन सक्छन् ।

बेलायतका एक वैज्ञानिकले आफूलाई रोबोम्यानको रुपमा परिवर्तन गरेका छन् । उनलाई संसारका पहिला रोबोम्यान भनिएको छ । यी वैज्ञानिकको पहिचान डाक्टर पीटर स्कट मोर्गनको रुपमा भएको छ । उनी ६२ वर्षका हुन् ।

उनले आफूलाई जीवित राख्नको लागि संसारको अगाडि एक अनौठो कार्य गरेका छन् । डाक्टर पीटर स्कट मोर्गनलाई मोटर न्यूरोन नामको एक घातक रोग लागेको थियो । जसका कारण उनका मांशपेशीहरु काम नगर्ने भएका थिए ।

उनका शरीरका केहि अंगले काम गर्न छोडिसकेका थिए । त्यसपछि उनले विज्ञानको सहारा लिए र रोबोटिक्सको उपयोग गरेर आफ्नो जीवनलाई एक नयाँ आयाम दिए । अब डाक्टर पीटर मेसिनको सहयोगले सबै काम सहजै गर्न सक्दछन् ।

जसरी एक स्वस्थ व्यक्तिले गर्नसक्दछ । उनले २०१७ मा यस्तो रोग लागेको पत्ता लगाएका थिए । त्यसपछि २०१९ मा उनले आधा मानिस र आधा रोबोटमा आफूलाई बनाउने काम शुरु गरे । यो अविश्वसनीय कामलाई अहिले सबैले प्रशंसा गरिरहेका छन् ।