English

यी हुन् माओवादी केन्द्रीय समिति बैठकका निर्णयहरू



नेकपा माओवादी केन्द्रको आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने गरी सकिएको छ । बैठक गत शुक्रबारदेखि सुरु भएको थियो । बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ । अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए ।

एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ । बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर गठबन्धनसँग तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको छ ।

‘आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने र गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको छ’, नेता वर्षमान पुनले भने ‘सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने अनि त्यसरी नै तालमेल हुने छ ।’

उनले हरेक पालिकामा लोकप्रिय र योग्य उम्मेदवारको सूची बनाएर पठाउने, त्यही सिफारिस अनुसार उम्मेदवार बनाउने बताए । माओवादीले आगामी चुनावमा तालमेल गर्ने बताइरहँदा सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेसमा भने गठबन्धनसहित चुनावमा जाने विषयमा विमति देखिएको छ ।

केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरे ।

समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट
शंकर दुलाल 
ठाकुर बिक 
टेकबहादुर मिजार 
रणेन्द्र बराइली 
कर्णबहादुर बिक 
रामलाल बिक 

दलित महिला 
अनिता परियार 

दलित महिला युवा 
सपना परियार 

मुस्लिम पुरुष 
अतर हुसेन 
रजि हैदर 
कोहिद अन्सारी 
इश्रार खान 

मुस्लिम महिला 
शेख चाँद तारा 
मधेसी पुरुष 
सूर्य नाथ यादव 
अशोक जयसवाल 
सत्य नारायण भगत 
दिलीप शाह 
उमेशकुमार यादव 
रामसिंह यादव 
राधेश्याम पासवान 
शिवराम यादव
मधेसी महिला 
निशा साह 
इन्धु शर्मा 
तारा महता  
रूबी कर्ण 
सुनिता महतो 
अनिता हरिजन 
सोनिया यादव 

खस आर्य महिला 
भेषकुमारी रावत 
भवानी थापा 
कञ्चन खनाल 
गंगा दाहाल 
कमल नहकी 
करूणा बस्नेत 
सीता आचार्य 

जनजाति पुरुष 
देवेन्द्र श्रेष्ठ 
क्षेत्रबहादुर श्रेष्ठ 
कुशल लिम्बू 
दीर्घ श्रेष्ठ 
धनबहादुर मास्की
दिनेश महर्जन 
राजकाजी महर्जन 
रञ्जित तामाङ
सत्यनारायण शेरचन 
भीमकुमारी बाड्खा 

जनजाति महिला 
पार्वती पुन 
दिलमाया रोका  
दुर्गा राई 
सिर्जना तरामु  

मधेस थारू पुरुष 
विजय महतो 
बिनिता थारू 

खस आर्य युवा
जीवन आचार्य 
सुमन देवकोटा  
सुदीप कुँवर
रमेश मल्ल 
खिलप्रसाद बुढाथोकी 

केन्द्रीय प्रतिनिधितर्फ 
बाबुराम गौतम 
 
जनजाति पुरुष 
सूर्यमान दोङ 
खसआर्य पुरुष 
इन्द्र गोतामे  
पारसमणि 
शैलेन्द्र घिमिरे 

जनजाति पुरुष
कपिल लामा 

खसआर्य पुरुष 
गोविन्द पौडेल 
दीपक कोइराला
कमल चुडाली 
नारायण अधिकारी  
गगनबहादुर खड्का  
मंगलबहादुर शाही 
कर्णबहादुर बस्नेत  

खस आर्य पुरुष युवा 
झपट साउद
शिवसिंह ओली 
रत्न ढकाल 
नरेन्द्र न्यौपान 
सन्तोष विष्ट 
लिकराज भण्डारी  
सुरेन्द्र बस्नेत 
दीपक देवकोटा  
उत्तम अधिकारी  
विजय गौतम 
प्रकाश विकल्प  
विमल अधिकारी 
डा भरत लामिछान 

प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष 
विष्णु सापकोटा 
हरि ज्ञवाली 
टेकेन्द्र भट्ट  
गोपाल शर्मा 
खोपबहादुर कँडेल 
झलक सिंह  
डीपी ढकाल 

जनजाति पुरुष 
कालीबहादुर मगर 
खस आर्य महिला 
सुनिता गौतम
सावित्री बुढाथोकी
सरस्वती न्यौपाने 
अमृता नेपाल 
कृष्णा केसी

खस आर्य पुरुष 
रामनारायण बिडारी 

बैठकले प्रदेश इन्चार्जहरू तोकेको छ । जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बाग्मतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन् ।

लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।

यो पनि…
कांग्रेस चुनाव : मतपत्र च्यातियो
आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा प्रचण्ड



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको