English

गौतम बुद्धले संसारलाई दिए यी १० सन्देश



गौतम बुद्धले कुनै एक परिस्थितिमा मात्र सीमित नभएर मानवताअन्तर्गत सबैलाई सहयोग गर्ने सन्देश दिएका छन् । आज समाजको व्यवस्था परिवर्तन भएको छ तर भगवान् बुद्धको सन्देश उस्तै छ र हाम्रो जीवनमा विशेष स्थान छ । बुद्धका १० अमूल्य सन्देशहरूको बारेमा जानौं ।

१. जीवनमा हजारौं लडाइँहरू जित्नुभन्दा आफैंलाई जित्नु राम्रो हो । यदि तपाईंले यसो गर्नुभयो भने जित सधैं तपाईंको हुनेछ । कसैले यसलाई तपाईंबाट खोस्न सक्दैन ।
२. यी तीन चीजहरू कुनै पनि हालतमा लुकाउन सक्दैनन् । ती हुन्– सूर्य, चन्द्रमा र सत्य ।
३. जीवनमा कुनै पनि उद्देश्य वा लक्ष्यमा पुग्नुभन्दा महत्त्वपूर्ण त्यो यात्रा राम्रोसँग पूरा गर्नु हो ।
४. दुष्टताले दुष्टता मेटाउन सक्दैन । घृणाको अन्त्य प्रेमले मात्र गर्न सकिन्छ, यो अटुट सत्य हो ।
५. सत्यको बाटोमा हिाड्दा मान्छेले दुईवटा मात्रै गल्ती गर्न सक्छ, पहिलो या त पूरै बाटो ढाक्दैन, दोस्रो वा सुरु नै नगर्ने ।
६.भविष्यको बारेमा न सोच्नुहोस् र अतीतमा नपर्नुहोस्, केवल वर्तमानमा ध्यान दिनुहोस् यो जीवनमा खुसी हुने एक मात्र सही तरिका हो ।
७. खुसी बाँड्दा जहिले पनि बढ्छ, जसरी एउटै बलेको दियोबाट हजारौं दियो बाल्न सकिन्छ तर पनि त्यो दियोको उज्यालो कम हुँदैन ।
८. तपाईंले जति राम्रो किताब पढ्न सक्नुहुन्छ, कुनै पनि राम्रो शब्द सुन्न सक्नुहुन्छ, तर तपाईंले आफ्नो जीवनमा ग्रहण नगरेसम्म यसको कुनै फाइदा छैन ।
९. सधैं रिसाउनु भनेको अर्को व्यक्तिमा फ्याँक्ने इच्छामा बलेको कोइला समात्नु जस्तै हो । यो क्रोधले तपाईंलाई पहिले जलाउँछ ।
१०. क्रोधमा हजारौं गलत शब्दहरू बोल्नुभन्दा मौनताको एक शब्दले जीवनमा शान्ति ल्याउँछ ।

यो पनि…
द्रौपदीको प्रेरणा
महाभारत युद्ध र सन्देश



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested