English

जेनिफर लोपेजको कारण सुटिङ चर्चामा



चलचित्र ‘सटगन वेडिङ’ को सुटिङ क्रममा जेनिफर लोपेजले लगाएको ब्राइडल ड्रेसले अहिले चर्चा पाइरहेको छ । डोमिनिकन रिपब्लिकमामा निर्माण गरिएको सुटिङ सेटमा उनी यो लुक्समा देखिएकी हुन् ।

चलचित्र सेटमा स्टाइलीस लुक्समा देखिएकी लोपेजको व्यक्तिगत जीवन र फिल्मको कास्टिङमा केही समस्याहरू आएको थियो । लोपेज र एलेक्स रोड्रीग्वेज बिच ब्रेक अप भएको चर्चा पनि चल्यो । फिल्मका मुख्य कलाकार आर्मी ह्यामर माथि दुर्व्यवहार गरेको आरोपका कारण पनि उनी थप विवादमा आइन् ।

ब्रोङ्क्समा जन्मिएकी लोपेजले सुटिङको बेला ब्रेक लिएर आफ्नो मोबाइल फोन चेक गर्दै गर्दा खिचिएको यो तस्बिरमा उनलाई फुल कस्ट्युममै देख्न सकिन्छ । तस्बिरमा सन्की लुक्स दिन पछाडि बाँधिएको कपाल र घाउ लागेको घुँडा पनि देखिन्छ ।

लोपेज गत वर्षको फेब्रुअरी देखिनै फिल्म सुटिङमा सक्रिय भए पनि आर्मी ह्यामरमाथिको दुर्व्यवहार आरोपले फिल्मको कास्ट परिवर्तन गर्नुपरेको थियो । यसले फिल्मको सुटिङको सुरुवाती चरणमा समस्या देखिएको थियो । प्रोडक्सन टिमले ह्यामरको सट्टा जोस डुहामेललाई लोपेजको पार्टनरको रूपमा कास्ट गरेका थिए ।

सटगन वेडिङमा एक जोडीको कथावस्तु रहेको छ, जसको विवाहको गन्तव्यमा नै उनीहरूलाई बन्धक बनाइएको कथालाई देखाइएको छ । (एजेन्सी)



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले