English

सुन्दर र स्टाइलिस देखिन चाहनुहुन्छ ? यस्तो पाइन्ट छान्नुहोस्



जिन्सको नाम सुन्दा आराम, स्टाइल र टिकाउ जस्ता शब्दहरू दिमागमा आउँछ । सबैको दराजमा एक जोडी वा त्योभन्दा बढी जिन्सहरू त हुन्छ नै । आज हामी केही जिन्सको बारेमा बताउन गइरहेका छौँ जुन लगाउँदा तपाईं एकदमै सुन्दर र स्टाइलिस देखिनुहुनेछ ।

ब्वाइफ्रेन्ड पाइन्ट

ब्वाइफ्रेन्ड पाइन्ट महिलाले लगाउने पाइन्ट हो । यो पाइन्ट हेर्दा ग्रन्च स्टाइलको देखिने भए पनि कम्मर तलको भाग केही ठूलो हुन्छ । विभिन्न आकार र प्रकारका ब्वाइफ्रेन्ड पाइन्ट बजारमा पाइन्छन् ।

चेक पाइन्ट

विभिन्न रंगको प्रयोग गरिएको र विभिन्न ठाउँमा प्वाल पारिएको र हेर्दा ग्रन्च पाइन्ट स्टाइलको देखिने पाइन्ट चेक पाइन्ट हो । चेक पाइन्टका कपडाको सुट पाइन्ट समेत सिलाएर लाउने प्रचलन बढ्दो छ । चेक पाइन्ट महिला तथा पुरुष दुवैले लगाउन मिल्छ ।

साइड बटम पाइन्ट

जिन्सको साइडमा बटम भएको डिजाइन अहिले एकदमै प्रचलितमा छ । यो ढाचाँको पाइन्टले खुट्टा लामो र पातलो देखिन्छ । यो ग्राफिक टि–सर्टको साथमा यस प्रकारको जिन्सलाई लगाउन सकिन्छ ।

रंगीन डेनिम पाइन्ट

धेरै उज्यालो रङको जिन्स त्यति राम्रो हुँदैन । यदि, तपाईंलाई धेरै चम्किलो रङ्ग भएका जिन्स लगाउन मन पराउनुहुन्छ भने, गुलाबी ,जैतुनजस्ता आभारभूत रंग भएको जिन्सलाई लगाउन सक्नुहुन्छ । यसमा तपाईंले बोल्ड लुक्स पाउनुहुनेछ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको