English

ललितपुर : पाँचै जनाको निसास्सिएर मृत्यु भएको आशंका



ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुनसक्ने देखिएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको प्रारम्भिक जानकारी दिएका हुन् ।

अस्पतालका एक चिकित्सकका अनुसार निसास्सिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भनिन्छ । ‘भर्खर बनाएको घरको झ्याल खुला भएकाले बोरा लगाएर सुत्नुभएको रहेछ’ उनले भने, ‘त्यसैले, धुँवा राम्रोसँग बाहिर निस्किन पाएन र यस्तो घटना भएको हुनसक्ने देखिन्छ ।’

यद्यपि, पाँच जनाको मृत्युको आधिकारिक कारण पोष्टमार्टम रिपोर्टमा मात्रै खुल्ने उनले बताए । ललितपुरका एसपी शाहका अनुसार नल्लुमा काइँली स्याङतानको परिवार गएराति खाना खाएर कोइला बालेर सुतेका थिए ।

बिहान साढे ८ बजेतिर वडाध्यक्ष तीर्थ घलानले घरमा केही व्यक्तिको मृत्यु भएको भन्दै खबर गरेपछि इलाका प्रहरी कार्यालय, कोञ्ज्योसोमबाट प्रहरी निरीक्षक दीपक रिजालको नेतृत्वमा टोली गएको थियो ।

टोलीले घरबाट एकै परिवारका चार जनाको शव निकालेको थियो भने दुई जनालाई उपचारका लागि पठाएको थियो ।

इन्स्पेक्टर रिजालका अनुसार घटनास्थलमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुष्मा र ७ वर्षीय आस्माको मृत अवस्थामा भेटिएका थिए । उपचारका लागि पठाइएका मध्ये दुई दिनको अर्का एक नवजात शिशुको पनि मृत्यु भएको उनले बताए ।

एसपी शाहका अनुसार २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ, तर उनको अवस्था पनि गम्भीर छ ।

यो पनि
भक्तपुरमा भेटियो बर्डफ्लु
काठमाडौंका चोकचोक दुर्गन्धित



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।