English

पल शाह प्रकरणमा पीडित बालिकामाथि बढी प्रहार भयो : महिला सांसद्



विभिन्न राजनीतिक दलका महिला सांसद्हरूले आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर पल शाह प्रकरणमा पीडित भनिएकी बालिकामाथि बढी प्रहार भइरहेको भन्दै रोक्न माग गरेका छन् ।

उनिहरूले स्थानीय निर्वाचनमा महिला उमेदवारको कोटा बढाउन पनि माग गरेका छन् । महिला सांसद्को टोलीमा पूर्वमन्त्री, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसदहरू रंगमती शाही, बिन्दा पाण्डे, बिमला राई पौडेल र विना श्रेष्ठ थिए ।

उनिहरूले स्थानीय तह निर्वाचनमा ५० प्रतिशत महिला उम्मेद्वार उठाउनु पर्ने, म्यादी प्रहरी र निर्वाचन गर्ने कर्मचारी पनि ५० प्रतिशत खटाउनु पर्ने माग राखे ।

महिलाको मौलिक हक समेटिएको संविधानको धारा-३८ अनुरुप समावेशी र समानुपातिक आधारमा स्थानीय तह निर्वाचनमा कम्तिमा ५० प्रतिशत उम्मेद्वारी दिने व्यवस्था दलहरूबाट हुनुपर्ने पनि उनीहरूको थियो ।

कांग्रेस सहमहामन्त्री उपाध्यायले स्थानीय तह निर्वाचनमा महिलालाई पालिकाका उपप्रमुखमा मात्र होइन प्रमुखमा पनि निश्चित कोटा छुट्टयाउनु पर्ने माग गरिन् । वडा अध्यक्षहरूमा महिलाको संख्या कम रहेको भन्दै बढाउने पहल पनि सरकारबाट हुनु पर्ने उनको भनाइ थियो ।

त्यस्तै भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयबस्तु समेटिएको भन्दै सच्याउन महिला सांसदहरूले माग गरेका छन् । गृहमन्त्री खाणले महिला सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।

यो पनि..
पल शाह थप १२ दिन हिरासतमा

पल शाह प्रकरण : कसरी अघि बढ्दैछ कानुनी प्रक्रिया ?
पल शाहमाथिको अनुसन्धानमा आयोगको यस्तो आग्रह



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested