English

तपाईंको आज राशिफल कस्तो छ ?



आज २२ फागुन २०७८, आइतबार ।
फागुन शुक्ल चतुर्थी । पञ्चाङ्ग ब्रह्म वणिज अश्विनी । तपाईंको आजको राशिफल हेर्नुहोस्

मेष

मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु उत्तम हुनेछ । यात्राबाट फाइदा हुनसक्छ । यात्रा अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिएर मात्र हिँड्नु होला ।

वृष

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुन सक्छ यस्तो अवस्थामा तपाईंको सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले सर्तक अप्नाउनुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

मिथुन

परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य र अन्य कोही सदस्यसँग विवाद गर्दा पनि हानी हुनसक्छ । आजको दिन घर बाहिर निस्कनु यति लाभकारी हुने छैन ।

कर्कट

कर्कट राशिका जातकले आजको दिन विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला ।

सिंह

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । आजको दिन तपाईंमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला । परिवारका साथ मिष्ठान भोजन गर्नु उत्तम हुनेछ ।

कन्या

तपाईंको कारण आफन्तसँग सम्बन्ध ग्रिन सक्छ । अध्ययन अध्यापनबाट तपाईंंलाई सफलताप्राप्त हुनेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय यात्राले तपाईंकालाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईंले कसैलाई अपमान नगर्नुहोला ।

तुला

आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरूसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।

वृश्चिक

आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना रहेको छ होस् पुर्याउनु होला । आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईंको भलाई हुनेछ ।

धनु

आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईंलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।

मकर

देवालय र शिवालयको यात्राले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईंको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला । विवाद हुने काम नगर्नुहोला ।

कुम्भ

दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकलाई केही खाना र बस्त्र दान दिनुभयो भने मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि तपाईलाई फाइदा हुनेछ । मौन रहनु तपाईको लागि शुभ हुनेछ ।

मीन

आजको दिन अध्ययन अध्यापनमा समय बिताउँदा मीन राशिका जातका लागि फाइदा हुनेछ । विहान पहिले सूर्योदयको दर्शन गनुहोला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । आजको दिन ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ ।

यो पनि…
घमण्डले क्षमता समाप्त

जुत्ता लगाएर हिँड्दा के फाइदा हुन्छ ?



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको