English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभरि विभिन्न घटना घटिरहेका हुन्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. युक्रेनमा रूसी आक्रमणको विरुद्ध प्रदर्शनकारीले ‘स्टप वर’ प्लेकार्ड देखाउँदै ।
२०. भारतको जम्मुस्थित शिवरात्रिको अवसरमा देवी काली र शिवको पहिरन लगाएका एक भक्तहरू ।
१९. अस्ट्रेलियास्थित बाढीले डुबेको सडकमा डुङ्गा चलाउँदै ।
१८. ब्रिटिस कोलम्बियाको लिटनको उत्तरी पहाडमा जङ्गलमा लागेको आगोको दृश्य ।
१७. केन्यास्थित जीविकोपार्जनका लागि फोहोरबाट पुनः प्रयोग गर्न मिल्ने सामग्री निकाल्दै ।
१६. इन्डोनेसियास्थित ‘माटो स्नान’ गर्दै ।
१५. ब्राजिलको कानोसस्थित होली ट्रिनिटी युक्रेनी अर्थोडक्स पेरिसमा युक्रेनी समुदायका सदस्यहरू र युक्रेनमा रूसी आक्रमणविरुद्ध प्रदर्शनको क्रममा मैनबत्ती बाल्दै युवती ।
१४. नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्ज (एल) र नेपालका लागि फिनल्यान्डका राजदूत पेर्टी एन्टिनेनले काठमाडौंस्थित बौद्धनाथ स्तुपामा युक्रेनका जनतासँग ऐक्यबद्धता प्रकट गर्दै मैनबत्ती प्रज्ज्वलन गर्दै ।
१३. मारोआको बोगोस्थित कंकालभित्र शरणार्थी महिला ।
१२. चीनको शानडोङस्थित बालबालिका खेल खेल्दै ।
११. कृष्णपुर नगरपालिका–२ का महिलाहरू माछा मारेर घर फर्किंदै ।
१०. बारेकोट गाउँपालिका–२ रोकायागाउँ–४ को गोठगाउँ र ५ को नायकवाडा गाउँमा लगाएको गहुँबाली ।
९.काठमाडौंको कमलादीस्थित सडक छेउमा जम्मा पारिएको फोहोर ।
८. म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका किसानले थाँक्रामा राखेको मकै ।
७. कञ्चनपुरको कलुवापुर बजारमा आफूले निर्माण गरेको बेतबाँसका सामग्री बिक्री गर्न साइकलमा राखेर हिँडेका स्थानीय वीरसिंह ठगुन्ना ।
६. रुपनीबाट बाँस लिएर सदरमुकाम राजविराजतर्फ जाँदै बाँस व्यापारी ।
५. तनहुँको भिमाद नगरपालिका–९ रिठाभञ्ज्याङका महिला गाईबस्तुलाई खुवाउन जङ्गलबाट घाँस लिएर घरतर्फ आउँदै ।
४. कैलालीको टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमाथि पुल नहुँदा डुङ्गामा सयर गर्दै नागरिक ।
३. काठमाडौंको ओमबहालबाट चोरी गरी अमेरिकाको न्युयोर्क म्यानहट्टनस्थित तिब्बत ग्यालरीमा रहेको १३औँ शताब्दीको मल्लकालीन प्रस्तरको बुद्धको मूर्ति, जुन बुधबार नेपाललाई फिर्ता बुझाइएको छ ।
२. खुकुरीमा पाइन लगाउँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ भुरुङडाँडाका ज्ञानबहादुर विश्वकर्मा ।
१. शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा डोको बेच्न बसेका ज्येष्ठ नागरिक ।

तस्वीर : रासस, एपी, एएफपी, सिन्ह्वा

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested