English

सीता न्यौपानेका फ्यान : बाइकमा फलो गर्नेदेखि प्रेम प्रस्ताव राख्नेसम्म (भिडियो पनि)



पछिल्लो समय युवाहरूमा ‘स्ट्यान्ड अप कमेडी’को क्रेज बढ्दो छ । स्ट्यान्ड अप कमेडीको कुरा गरिरहँदा सीता न्यौपानेलाई छुटाउने कुरै भएन । सीता न्यौपाने स्टेन्डअप कमेडियनको रूपमा एउटा राम्रो छवि बनाउन सफल कमेडियन हुन् । उनलाई फ्यानहरूले ‘राष्ट्रिय दिदी’ उपनाम नै दिएका छन् । उनले अभिनय गरेका कमेडी भिडियोले युटयुबमा लाखौँ भ्युज कमाउँछन् । आफ्ना धेरै फ्यानहरूमध्ये केही अनौठा फ्यानलाई उनी यसरी सम्झिन्छिन् :

पढाइ छोडेर मलाई हेरेर बस्ने फ्यान

एकपटक म दिदीहरूसँग त्रिभुवन विश्वविद्यालय गएको थिएँ । मास्क खोलेर नै गफ गर्दै थियौँ । एक जना व्यक्तिले निकै बेर मलाई हेरिरहनुभयो । केही समयपछि मेरो नजिक आएर तपाईं सीता दिदी हैन ? भिडियोमा भन्दा त रियलमा राम्री हुनुहुँदो रहेछ भन्नुभयो । एकछिन मसँग गफ पनि गर्नुभयो । किताब बोकेर पढ्दै गरेको मान्छे मलाई देखेर पढ्न नै छोडेको देखेर अचम्म लाग्यो । एमबीबीएसको तयारी गरिरहेको मान्छे पढ्न छोडेर मसँग फोटो खिच्न र गफ गर्न आएको हुनाले उहाँलाई म सम्झिरहन्छु ।

मास्क लगाएर हिड्ँदा पनि आँखाले नै चिन्ने फ्यान

नेप ग्यासमकै अफिस आउँदै थिए एक जनाले सीता दिदी हैन भनेर बोलाउनुभयो । मैले मास्क लगाएको थिए । आँखा मात्र देखिँदा पनि मलाई चिनेको देखेर अचम्म लाग्यो । उहाँले मास्क खोल्न लगाएर फोटो खिच्नुभयो । मलाई भेटेर उहाँ एकदमै खुसी हुनुभयो । ‘म तपाईंको ठूलो फ्यान हो नि त्यसैले त मास्क लगाएर हिँड्दा पनि चिने तपाईंलाई’ मलाई भेटेर उहाँ यति धेरै खुसी हुनुभयो त्यति खुसी त म परीक्षामा पास हुँदा पनि भएको थिइनँ ।

बाइकमा फलो गर्ने फ्यान

एउटा कामको सिलसिलामा नेप ग्यासमको अफिस नै जाँदै थिए । बाइकमा एक जना केटाले मलाई निकै बेर फलो गर्नुभयो । निकै बेर फलो गरेपछि मेरो अगाडि बाइक रोकेर तपाईं त ठ्याक्कै सीता दिदी जस्तै हुनुहुँदो रहेछ भन्नुभयो । उहाँको कुरा सुनेर म एकछिन मज्जाले हाँसें र सीता दिदी जस्तो हैन म सीता दिदी नै हो भने । म तपाईंको ठूलो फ्यान हो नि पनि भन्नुभयो । उहाँलाई पनि म सम्झिन्छु ।

कमेन्टमा प्रेम प्रस्ताव राख्ने फ्यान

सबैले मलाई राष्ट्रिय दिदी, राष्ट्रिय दिदी भन्नुहुन्छ । अहिलेसम्म कसैले फोन तथा म्यासेजमा प्रेम प्रस्ताव गर्नुभएको छैन । युटुयुबमा तथा फेसबुकमा आएका कमेन्टहरू चाहिँ म पढ्छु । एक जनाले कमेन्टमा प्रेम प्रस्ताव राख्नुभएको रहेछ । तपाईंको ठूलो फ्यान भनेर पनि लेख्नुभएको रहेछ । सबैले दिदी–दिदी भनिरहेको बेला कसैले कमेन्टमा प्रेम प्रस्ताव राखेको नि भेटेँ, त्यसैले उहाँलाई पनि सम्झिन्छु ।

भिडियो :

भिडियो : किरण स्याङ्बो/ मेरो लाइफस्टाइल

यो पनि
भरतमणिका फ्यान : मुटु दिन्छु भन्नेदेखि उपहार दिनेसम्म
‘बल्छी ध्रुवेका’ फ्यान : सिरियल हेरेर नेपाली बोल्नेदेखि फोटो राखेर केक काट्नेसम्म



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested