English

सम्भोगका बेला यी कुराले गराउँछ मुड खराब



यौन क्रियाकलाप शारीरिक र भावनात्मक रूपले उत्साहित हुन आवश्यक छ । यसका निम्ति चरणबद्ध रूपमै संयमित र रोमाञ्चक यौन क्रियाकलाप गर्न जरुरी हुन्छ ।

यौनले केवल सम्भोगलाई मात्र बताउने गर्दैन । यससँग सम्बन्धित अन्य क्रियाकलापलाई पनि बुझाउँछ । जस्तो स्पर्श, चुम्बन आदि ।

बेलुकीको खानालगत्तै यौन सम्पर्क नगर्नुहोस्

खाना खानेबित्तिकै आफ्नो पार्टनरसँग सेक्सुअल क्रियाकलापमा संलग्न हुनु राम्रो होइन । कम्तिमा पनि खाना खाएको २ घन्टापछि सेक्स गर्दा राम्रो हुने विज्ञहरू बताउँछन् । बेलुकीको खाना धेरै ढिला खाने गर्नाले तपाईंको तौल मात्र बढ्ने होइन कि तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउने विज्ञहरू बताउँदछन् । बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु जरुरी छ । यसो गर्दा तपाईंको यौन जीवन तपाइले सोचे भन्दा बढी रोमान्चक र स्वस्थकर हुनेछ ।

पोर्न फिल्मको नक्कल नगर्नुहोस्

पोर्न फिल्मले तपाईंलाई धेरै आशा गर्ने बानी बसालिदिन्छ । आफूले कुनै फिल्ममा सेक्सुयल र सिडक्सन कार्यहरु देखेकै भरमा र त्यसको नक्कल गरेकै भरमा यसले तपाईंको पार्टनरलाई सन्तुष्टि दिन्छ भन्ने छैन। दिनदिनै आत्मियताका लागि गरिने कार्यहरु जस्तै एक अर्कामा आत्मियताका साथ चूम्वन गर्ने अंगालोमा बेर्ने जस्ता कार्य गर्नुस तपाइको यौन जीवन तपाइले सोचे भन्दा रमाइलो हुन्छ । आफ्नो पार्टनरसँग हुने याैन सम्पर्कलाई साँचो र प्राकृतिक बनाउन पनि निकै जरुरी छ ।

सुत्ने बेलामा समाचार नपढ्नुहोस्

सुत्ने बेलामा मोबाइल, टिभी अथवा अनलाईनमा अपराध, सेयर मार्केटको उतार–चढाव, प्राकृतिक प्रकोपका समाचारहरू पढ्दा यसले तपाईंको दिमागमा तनाव पैदा गर्छ । तनावले टेस्टोस्टेरोन लेभल घटाउँछ जसले तपाईंलाई सेक्समा मन नगएको महसुस गराउँछ । यस्तो बेलामा रोमान्टिक गीतहरु सुन्दा राम्रो हुन्छ । सुत्नुपूर्व आफ्नो पार्टनरसँग कुरा गर्ने बानी बसाल्दा पनि यसले एकअर्कामा राम्रो सम्बन्ध स्थापित गर्न सहयोग गर्दछ ।

औषधि धेरै नखानुहोस्

टाउको दुख्नासाथ औषधि खाने गर्नुहुन्छ भने कम गर्नुहोस् । सर्वेक्षणका अनुसार हाइ ब्लड प्रेसर, पिल्स र अरु साधारण औषधिले सेक्सुयल डिजायर कम गर्ने गर्दछन् र टेस्टोस्टेरोन लेभल पनि घटाउने गर्दछ । यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनुपर्छ

धेरै व्यायाम नगर्नुहोस्

निरन्तरको व्यायामले तपाईंको सेक्स लाइफमा रौनकता थप्ने कामका साथसाथै कार्डियोभास्कुलरको काम र सर्कुलेसन पनि बढाउने कार्य गर्दछ । व्यायामको लागि जिममा जाने अथवा आफ्नो बगैँचा वा अपार्टमेन्टमा डुल्ने गर्दा यसले तपाईंलाई तनावबाट मुक्ति दिएर सेक्सको लागि मुड अन नै राख्न मद्दत गर्छ । तर, अधिक व्यायाम पनि हानि हुन्छ भन्ने कुरा याद राख्नुहोस् ।

धेरै नसुत्नुहोस्

धेरै सुत्दा शारीरिक एवं यौन स्वास्थ्य दुवैको लागि हानिकारक हुन्छ । यसरी धेरैबेरसम्म सुतिरहनाले पनि तपाईंको सेक्स मुड शिथिल हुनपुग्छ । धेरैबेर सुत्नाले प्राकृतिक साइकलमा हानी पुग्ने भएका कारण तपाईंलाई अल्छी, शिथिल र सेक्सका लागि मुड नै नहुने समस्यामा पर्नुहुनेछ । त्यसैले, समयमा नै उठ्ने बानी बसाल्नुहोस् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार