English

रूसले युक्रेनमा घातक बम प्रयोग गरेको नेटोको दाबी



उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रूसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरूसँग प्रमाण रहेको दाबी गरेका छन् । ‘रूसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने ।

उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगराउनेसमेत घोषणा गरेका छन् । त्यस्तै नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरू आफ्नै ढंगले सहयोग गर्ने उनको भनाइ छ ।

यसैबीच, नेटोको घोषणाले युक्रेनी राष्ट्रपति जेलेन्स्की क्रुद्ध बनेको प्राप्त विवरणहरूमा जनाइएको छ । युक्रेनमाथि रूसी सेनाले हमला गर्दा पश्चिमा देश र नेटोले सहयोग नगरेको राष्ट्रपति जेलेन्स्कीले गुनासो गर्दै आएका छन् ।

युक्रेन हमलाको दशौं दिन रूसी सेनाले युक्रेनका मुख्य सहरमा झनै आक्रमक कारबाही गरेको छ । रूसी सेनाले युक्रेनका महत्त्वपूर्ण पूर्वाधार र विश्वविद्यालय ध्वस्त बनेका छन् । रूसी सेनाको आक्रमण प्रतिकार गर्न युक्रेनलाई जर्मनी, अमेरिकालगायतका देशहरूले सैन्य हतियार प्रदान गर्ने घोषणा गरेका छन् ।

यो पनि
युक्रेनी राष्ट्रपतिले किन सम्बोधन गर्दैछन् अमेरिकी सिनेटलाई ?
रूसी हमलाबारे जर्मनीले के भन्यो ?



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम

Latest










Popular
Suggested