English

संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री सकारात्मक



प्रधानमन्त्री शेरबहादुर देउवा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन लगायतका ऐनहरू ल्याउन सकारात्मक देखिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बिहीबार प्रधानमन्त्री देउवासँग भेटगरी ऐनका विषयमा ध्यानाकर्षण गराउँदा देउवा सकारात्मक भएका हुन् ।

‘प्रधानमन्त्री देउवा शिक्षा ऐन ल्याउने विषयमा सकारात्मक देखिनुभएको छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै शिक्षामन्त्रीको सचिवालयले भन्यो, ‘यद्यपि ऐन सदनबाट ल्याउने कि अध्यादेशबाट ल्याउने भन्ने विषय थप छलफलपछि मात्र निचोडमा पुग्ने उहाँको भनाइ थियो ।’ नेपालमा अहिलेसम्म पनि २०२८ सालमा बनेको शिक्षा ऐन कार्यान्वयनमा छ ।

शिक्षामन्त्री पौडेललले प्रधानमन्त्री देउवासँग शिक्षा क्षेत्रको बजेट बढाउने विषयमा पनि छलफल गरे । छलफलमा आगामी आर्थिक वर्षमा संविधानले तोके बमोजिम शिक्षामा २० प्रतिशत बजेट पुर्‍याउने मन्त्री पौडेलले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

‘गतवर्ष कोभिडको कारणले बजेटको आकार पनि सानो भयो,’ शिक्षा मन्त्री पौडेलले भने, ‘यस वर्ष कोभिड महामारी कम छ, संविधानबमोजिम शिक्षामा बजेट बढाएर २० प्रतिशत बनाउनुपर्छ ।’ शिक्षा क्षेत्रमा चालू आर्थिक वर्षमा ११ प्रतिशत मात्र बजेट विनियोजन भएको थियो । संविधानमा शिक्षा क्षेत्रको बजेट देशको कुल बजेटको २० प्रतिशत हुनुपर्ने उल्लेख गरिएको छ ।

यो पनि…
शिक्षकलाई एकमुष्ट आर्थिक सहायता दिने सरकारको निर्णय

शिक्षकका समस्या समाधान गर्न सहमति, कार्यान्वयनमा आशंका



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार