English

१० महिनामा चार लाखले लिए श्रम स्वीकृति



वैदेशिक रोजगारी झण्डै २ वर्ष कोरोना महामारीले थलियो । महामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तङ्ग्रिँदै गएको छ । २०७८ साल शुरु भएयताको १० महिनामा वैदेशिक रोजगारमा जान करिब चार लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागले २०७८ वैशाखदेखि माघ मसान्तसम्मको अवधिमा उनीहरूलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको हो । यसबाट आगामी वर्षहरूमा रेमिट्यान्स अधिक मात्रामा भित्रिने अपेक्षासमेत गरिएको छ ।

श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढ्यो

कोरोना महामारीले झण्डै २ वर्ष थलिएको वैदेशिक रोजगारी पुन: तङ्ग्रिन थालेको छ । वैदेशिक रोजगार विभागमा सूचना अधिकारी कृष्णप्रसाद भुसालले कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पहिलेकै अवस्थामा पुगेको बताएका छन् ।

‘कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पहिलेकै अवस्थामा पुगेको छ‘, भुसालले भने ।

‘गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या मात्र ३० हजार थियो । चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ३ लाख १० हजारभन्दा बढी छ,’ सूचना अधिकृत भुसालले भने ।

उनका अनुसार पछिल्लो १० महिनामा कुल ३ लाख ९७ हजार ६ सय १३ जनाले विभागबाट श्रम स्वीकृति लिइसकेका छन् । सो समयमा औसतमा प्रत्येक महिना ३९ हजार ७६१ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । अहिलेकै गतिमा श्रम स्वीकृति लिनेको संख्या बाँकी दुई महिनामा पनि बढे यो वर्ष करिब पाँच लाख जना वैदेशिक रोजगारमा जाने देखिन्छ ।

‘गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या मात्र ३० हजार थियो । चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ३ लाख १० हजारभन्दा बढी छ,’ सूचना अधिकृत भुसालले भने ।

कुन महिनामा कति

विभागका अनुसार २०७८ शुरु भएपछि वैशाखमा २४ हजार ३ सय ६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६ सय ५८, साउनमा २५ हजार ४ सय २८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६ सय ७१, कात्तिकमा ५४ हजार ९ सय १८, मंसिरमा ७४ हजार ३ सय ५४, पुसमा ६६ हजार ६ सय २५ र माघमा ५४ हजार ४ सय ७० जनाले श्रम स्वीकृति लिएका छन् ।

विश्वमा कोरोना महामारी शुरु भएपछि वैदेशिक रोजगार क्षेत्रमा असर गरेको थियो । महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्यामा ठूलो गिरावट आएको थियो ।

विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो ।

कोरोना महामारी नियन्त्रण गर्न प्रायः सबै देश लकडाउनमा गएपछि वैदेशिक रोजगारमा जानेको संख्या ओरालो लागेको थियो । नेपालले पनि २०७६ चैत ११ गतेबाट लकडाउन शुरु गरेको थियो ।

कोरोनाका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भएपछि आर्थिक वर्ष ०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४ सय ३३ मा झरेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक रोजगारमा जान विभागबाट ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए ।

खोपले वैदेशिक रोजगारलाई पुरानै अवस्थामा फर्काउन मद्दत

वैदेशिक रोजगारमा कोरोनाले अझ ठूलो असर आर्थिक वर्ष २०७७/७८ मा गर्यो । सो वर्ष मात्र १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष भने श्रव स्वीकृति लिनेको संख्या पुरानै अवस्थामा फर्केको छ ।

‘कोरोना खोपका कारण विश्वास बढ्यो र बजार खुले । यसैले वैदेशिक रोजगारलाई फेरी पुरानै अवस्थामा फर्काउन मद्दत गर्यो,’ विभागका सूचना अधिकृत भुसालले भने ।

‘कोरोना खोपका कारण विश्वास बढ्यो र बजार खुले । यसैले वैदेशिक रोजगारलाई फेरी पुरानै अवस्थामा फर्काउन मद्दत गर्यो,’ विभागका सूचना अधिकृत भुसालले भने ।

कोरोनाका कारण वैदेशिक रोजगारमा जानेको संख्या घट्दा यसले नेपाल भित्रने रेमिट्यान्समा असर गरेको छ । पछिल्ला महिनाहरुमा नेपाल भित्रने रेमिट्यान्स घटेको छ । यसले नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुससम्मको ६ महिनाको अवधिममा नेपालमा विभिन्न देशबाट ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा नेपालमा ४ खर्ब ९५ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यस वर्ष वैदेशिक रोजगारमा जानेको संख्या बढेको छ । यसले पुनः नेपाल भित्रने रेमिट्यान्स बढाउने विश्वास गरिएको छ ।

यो पनि
फेरि बढेर आयो तेल, पेट्रोल र ग्यासको मूल्य
फेरि बढाइएको इन्धनको मूल्य कति ? [सूची]



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।